20111121

कुर्सीकै खेल,जता पनि कुर्सीकै बिबाद, राज्य पूनसंरचना आयोग गठन गर्ने भनिएपनि दलहहरुबीचको विवादका कारण हुन सकेन्

राज्य पूनसंरचना आयोग गठन गर्ने भनिएपनि दलहहरुबीचको विवादका कारण हुन सकेन् । संयोजकमा दलहरुले आ-आफनो दावी गरेपछि राजनीतिक दलहरुबीच राज्य पुनसंरचना आयोगको संयोजकका लागि पाँच जनाको नाम प्रस्ताव भएको छ । एकीकृत नेकपा माओवादी र मधेशी लोकतान्त्रिक मोर्चाले पद्मरत्न तुलाधर र माणिकलाल श्रेष्ठ, एमालेले गणेमान गुरुङ र काँग्रेसले विमल कोइराला र केदारभक्त माथेमालाई प्रस्ताव आयोगको संयोजक बनाउन प्रस्ताव गरेका छन् । दलहरुले आ आफ्ना मान्छेलाई संयोजक राख्न प्रस्ताव गरेपछि छलफल विना निष्कर्ष सकिएको छ । आयोगमा कति सदस्यीय बनाउने भन्ने विषयमा पनि दलबीच सहमति जुट्न सकेन । प्रधानमन्त्रीले सात सदस्यीय, मधेशी मोर्चाले ९ सदस्यीय र काँग्रेसले ११ सदस्यीय आयोग बनाउनु पर्ने प्रस्ताव गरेकाले आज कुनै निर्णय नभएको संघीय मामिला मन्त्री गोपाल किरातीले जानकारी दिनुभयो । आयोगमा पिताम्वर शर्मा, गणेशमान गुरुङ, माणिकलाल श्रेष्ठ, केदार भक्त माथेमा, विमल कोइराला
, कुलचन्द्र गौतम, तीर्थमान शाक्य, पद्मरत्न तुलाधार, दीपेन्द्र झा, सुरेन्द्र महतो लगायतका नामबारे दलहरुबीच छलफल भएको छ । संयोजक छान्ने विषयमा दलहरुबीच विवाद भएकाले भोली फेरी बैठक बसेर टुङ्गो लगाउने काँग्रेस नेता अर्जुन नर सिंह केसीले जानकारी दिनुभयो ।दलहरुबचि आयोग गठनबारे भोली विहान ९ बजे फेरी छलफल हुनेछ गएको शुक्रबार राति दलहरुबीच राज्यपुनर्संरचना आयोग गठन गर्ने  सहमति अनुसार आजै आयोग गठन गरिसक्नु पर्नेथियो । आयोगको सट्टा संविधान संशोधन गरेर विज्ञ समूह बनाउन सहमति गरेका दलहरु आफ्नै पार्टीका सभासद्को दबाब थेग्न नसकेर फेरि आयोग गठन गर्ने सहमतिमा पुगेका हुन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक