20111123

काठमाडौंको सितापाइलास्थित हारती शिक्षा सदनमा कक्षा तीनमा अध्ययनरत ११ वर्षीय सुगम साहको अपहरणपछि हत्या

काठमाडौंको सितापाइलामा एक बालकको अपहरणपछि हत्या भएको छ । सितापाइलास्थित हारती शिक्षा सदनमा कक्षा तीनमा अध्ययनरत ११ वर्षीय सुगम साहको अपहरणपछि हत्या भएको हो । शुक्रबार अपहरणमा परेका साहको शव बुधबार भेटिएको हो । हत्यापछि उनको शव ‘सुपर सीता’ यातायातको काउन्टर सुटशेसमा राखिएको अवस्थामा भेटिएको डिएसपी सेमेन्द्र राठोरले जानकारी दिए । प्रारम्भीक जानकारी अनुसार अपहरणकारीले आइतबार नै साहको हत्या गरि शवलाई सुटकेशमा राखेर बसमा छाडेको र सुटकेशको जिम्मेबारी कसैले नलिएपछि बसका चालक र सहचालकले काउन्टरमा ल्याएर राखेको खुल्न आएको छ । घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई पक्राउ गरिएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । जनकपुर घर भएका साहको परिवार हाल गल्कुपाखामा बस्दै आएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक