"यदी यो अपराधी हत्यारा ढुँगेलले पनि माफी पाउँछ भने नेपाल का जेल हरु बन्द गरे हुन्छ, सबै हत्यारालाई माफी दिए हुन्छ, कानुन र न्यायका कुरा नगरे हुन्छ, अदालत हरु बन्द गरिदिए हुन्छ, प्रहरी सेवा पनि खारेज गरेहुन्छ, किनकी यो भन्दा ठुलो अपराधी हत्यारो अरु हुन सक्दैनन" पीडित परिवार यसै भन्दै र दिन रात रुँदै न्यायका लागि लड्दैछन ।
काठमाण्डौं - सर्वोच्च अदालतले माओवादी सभाषद बालकृष्ण ढुङ्गेललाई आम माफी दिन सरकारले राष्ट्रपति समक्ष गरेको सिफारिस कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ, शुशीला कार्की र कमल नारायण दासको विशेष ईजलासले मुद्दा नटुंगिदासम्म आममाफी नदिन अन्तरिम आदेश जारी गरेको हो ।सभाषद ढुङ्गेललाई ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर सरकारले राष्ट्रपतिलाई आममाफीको लागि सिफारिस गरेपछि उज्जनकी दिदी साबित्री श्रेष्ठले दायर गरेको रिटमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतले न्यायिक प्रकृयामा असर पुग्ने भन्दै सरकारको सिफारिस कार्यान्यन नगर्न अन्तरिम आदेश दिएको हो ।
yo kukur layee life bhariko jail halnu parcha.
ReplyDelete