20111129

संविधान सभाको म्याद चौथो पटक ६ महिनाका लागि थपियो

जनताले पाल्नुपर्ने भयो ६०१ पार्टीलाई सहयोग गरेका समानुपातिकमा परेका, संबिधान र शान्तिको नाम मात्र लिने काम नगर्ने औठाछाप देखी ठग र ढटुवा नेता सम्मलाई अर्को ६ महिना सम्म !  
संविधान सभाको म्याद चौथो पटक थपिएको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक दुई तिहाई बहुमतले पारित भएपछि संविधानसभाको म्याद ६ महिनाका लागि थपिएको छ । संशोधन विधेयकमाथि भएको मतदानमा ५ सय ८ जना उपस्थित भएकोमा संशोधनका पक्षमा ५ सय ५ मत परेको थियो । राप्रपा नेपालका ३ जना सदस्यले भने संशोधनको विपक्षमा मतदान गरेका छन् । विहान प्रमुख दलहरुबीच संविधान सभाको म्याद ६ महिना थप्ने सहमति भए अनुसार मुख्य दलले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह भने शनिबार राति पत्नीसहित सोल्टी होटलमा आयोजना भएको डान्स पार्टीमा
राजनीतिक दलहरु शान्तिप्रक्रिया र संविधान निर्माणको विवादमा रुमल्लिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने शनिबार राति पत्नीसहित सोल्टी होटलमा आयोजना भएको डान्स पार्टीमा
सहभागी हुनुभयो। आफ्नै बुहारी हिमानी शाहले हिमानी ट्रस्टका लागि आर्थिक संकलन फन्ड रेजिङ गर्न आयोजना गरेको डान्स पार्टीमा पूर्वराजा ज्ञानेन्द्र करिब २ घण्टा सहभागी हुनुभएको थियो भने डान्स पार्टीमा रौनक थप्न केही स्टेप डान्ससमेत गर्नुभएको थियो। राजधानीका खानदानीवर्ग शाही नातेदार दरबारमा उच्च ओहदामा लामो समय काम गरेका कर्मचारीहरु तथा लब्धप्रतिष्ठित व्यक्तिहरुको डान्स पार्टीमा सहभागिता थियो। करिब ६ देखि मध्यरातसम्म चलेको डान्स पार्टीमा प्रवेश टिकट एक व्यक्तिलाई ५ हजार र जोडीलाई ७ हजार तय गरिएको थियो। ट्रस्टले जोडीको रुपमा महिला-महिला वा पुरुष-पुरुषलाई पनि स्वीकार गरेको थियो। डान्स पार्टीका लागि करिब ३ सय टिकट बिक्री गर्ने भनिए पनि ३ सयभन्दा बढी टिकट बिक्री भएका थिए। पेय पदार्थ र डिनरसहितको डान्स पार्टीमा रातो र कालो मात्रै ड्रेस लगाउन पाइने व्यवस्था गरिएको थियो।  पूर्वराजदम्पती शाह करिब ९ बजे सोल्टी होटल पुगेर करिब ११ बजेतिर बाहिरिनुभएको थियो। अन्य शाही नातेदारहरु भने मध्यरातसम्म नाच्नमा मस्त भएका थिए।

1 comment:

  1. Himani is doing good,rest members of family are so and so

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक