20111107

खुकुरी र लौरोको बलमा नकाबधारी ६ युवाहरूद्वारा अमेरिकी पर्यटक र तीन जना नेपाली नागरिक चलचित्रमा देखाइने दृश्य झैं लुटिए

कठै हाम्रो नेपालको अवस्था : अमेरिकी पर्यटक थोमसले घटना पछि सोमबारै नेपाल छोडेर भुटानतिर लागेकी छन !
नागरिक लेख्छ - चरा अवलोकनका क्रममा आइतबार फुल्चोकी पुगेकी अमेरिकी पर्यटक र तीन जना नेपाली नागरिक चलचित्रमा देखाइने दृश्य झैं लुटिएका छन्। ६० वर्षीया थीस थोमस, चराविद् विमल थापा सहयोगी अनिल प्रजापति र जीप ड्राइभर सहित चार जना दिउँसो साढे दुइ बजे गोदाबरी बसपार्कदेखि पाँच किलोमीटर माथिको फुल्चाकी वनभित्र लुटिएका हुन्। फुल्चोकी उपत्यकामा पन्छी अवलोकनको प्रमुख गन्तव्य हो। नेपालमा मात्र पाइने काँडे भ्याकुर र अन्य तीन सय प्रजातिका पन्छी फुल्चोकीमा हेर्न सकिन्छ। पन्छी अवलोकन पछि जीपमा फर्कदै गर्दा बाटोमा तेर्सिएको ठुलो मुढा हटाउन जीप रोकेपछि नकाबधारी ६ युवाहरूले उनीहरूलाइ खुकुरी र लौरोको बलमा लुटेका हुन्। 'माथि जाँदा बाटोमा मुढा थिएन तर फर्कदा मुढा देखेपछि जीप रोकेका मात्र थियौ ६ जना नकाबधारी युवाहरू नजिकैबाट एकै चोटी आए' पन्छीविद थापाले
भने। उनीहरू मध्ये चारको हातमा नांगो खकुरी र दुइको हातमा लौरो थियो। 'आफूसँग भएको सबै समान दिन धम्काएपछि जसो जासो भने त्यसै गर्‍यौ' थापाले भने। नकाबधारीहरूले २७ हजार रूपैयाँ ,चार सय अमेरिकी डलर, चार वटा मोबाइल सहित एउटा दुरबिन लुटदै 'चाँडै भाग तिमीहरू' भन्दै जंगलतिर कुलेलम ठोकेका थिए। घटनापछि पीडितले स्थानिय समुदायलाइ घटनाबारे सुनाएर वाडेगाँउ प्रहरी प्रभागमा रिर्पोट गरेका थिए। 'थोमस होस हराए जस्तै भएकी थिइन शारिरीक क्षती नभएकोमा सन्तुष्ट पनि' थपाले भने। सेवा निवृत भइ चरा अवलोकनकै लागि नेपाल पुगेकी थोमसले घटना पछि सोमबारै नेपाल छोडेर भुटानतिर लागेकी छन भने नेपाल भ्रमण वर्षमा भएको घटनालाइ पर्यटन व्यवसायी दुःखद मानेका छन। नेचुरल ट्रेलको प्रबन्धमा थोमस लागायतका नेपाली फुल्चोकी पुगेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक