20111120

साउदी अरेबियामा एक पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा त्यहाँको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला

- दिनेश रेग्मी
 साउदी अरेबियामा एक पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा त्यहाँको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ । मृत्युदण्डको फैसला सुनाईएका व्यक्ती उमेश यादव हुन् । उनको उमेर, घर ठेगाना लगायत अन्य कुनै विवरण खुलेको छैन । साउदीको विदेश मन्त्रालयले गम्भिर मुद्दामा परेका नेपालीको जानकारी रियालस्थित नेपाली दुतावासलाई दिने क्रममा उनलाई मत्युदण्डको फैसला गरेको थाह भएको हो । साउदीको विदेश मन्त्रालयले ५ दिन अघि अरबीक भाषामा पठाएको पत्रमा यादवको नाम थर र मृत्युदण्डको फैसला उल्लेख भएको दुतावासले जनाएको छ । यादवलाई कुन अदालतले कहिले फैसला गरेको हो भन्ने पनि मन्त्रालयको पत्रमा छैन । मृत्युदण्डको फैसला भएको जानकारी पाएपछि दुतावासले रियादस्थित पाकिस्तानी दुतावास र जेलमा बुझ्न थालेको जनाएको छ । ‘घटनाबारे न परिवार, न कसैले जानकारी गरायो, हामीले थाहा पाएपछि बुझ्न लागेका छौं’ राजदुत उदयराज पाण्डेले भने, ‘ यावदका परिवार पनि सम्पर्कमा
आएका छैनन् ।’ द्धितिय सचिब सागरप्रसाद फुयालले स्थानीय कर्मचारीबाट जानकारी पाए अनुसार यो हत्या घटना २ वर्ष अघि साउदीको पुर्वी भेग जुबेल भन्ने ठाउँमा भएको थयो । यादव अहिले रियादबाट ५ सय किमी भन्दा पर त्यही ठाउँको जुबेल कारागारमा छन् । ‘हामीले यसबारे बुझेर मुद्दा कसरी अगाडी बढाउने योजना बनाउँदै छौं’ फुयालले भने–‘विदेश मन्त्रालयको पत्रमा यादवले पाकिस्तानीको हत्या गरेको भनेकोले पाकिस्तानी दुतावाससंग कुरा गरेर बुझ्न थालेका छौं ।’ दुतावासका अनुसार साउदीमा हत्याको अभियोगमा अन्य ५ नेपाली पनि जेलमा छन् । जसमध्ये २ लाई नेपाली, २ लाई पाकिस्तानी र १ लाई फिलिपिनोको हत्या गरेको आरोप लागेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक