20111121

गुगलले सार्वजनिक गरेको अनलाईन संगीत सेवाले डिजिटल संगीतमा एप्पलको एकछत्र रजाँईलाई चुनौती !

सन् २००१ मा आइपड बनेको थिएन भने सायदै त्यसको दुईबर्षपछि एप्पलले आइट्युन्स् संगीत भण्डारको शुरुवात गर्ने थिएन होला । यदी दुबै नभएको भए एप्पल आज बिश्वमा बार्षिक ६.३ बिलीयन  डलर बराबरको डिजिटील म्युजिक कारोबारमा सफल हुने थिएन होला । तर आउने दिनभने आइट्युन्स्को एकछत्र राज जोगाउन एप्पललाई चुनौतीपुर्ण हुने संकते देखापरेकोछ । यही नोभम्बर १६ मा गुगलले नयाँ अनलाईन संगीत भण्डार (म्युजिक स्टोर) सार्वजनिक गरेको छ जसलाई अमेरीकी गायक गायिका तथा चर्चित संगीतकारहरुले पनि साथ दिएकाछन् । गुगलले सार्वजनिक गरेको अनलाईन संगीत सेवाले डिजिटल संगीतमा एप्पलको एकछत्र रजाँईलाई चुनौतीमात्र  दिनेछैन अरबौ डरल बराबरको आइट्युन्स्को व्यापारमा धक्का दिनेछ ।
 
गुगलले यस अघि सार्वजनिक गरेको म्युजिक बेटा सेवा अमेरीकी बजारमा मात्र सिमित थियो । म्युजिक बेटाले यसका उपभोक्तालाई इन्टरनेटमा संगीत अपलोड गर्न र त्यसलाई इन्टरनेट उपलब्ध स्थानमा बसेर कम्प्युटर तथा जुनसुकै स्मार्टफोनमा सुन्न  सकिन्थ्यो । 
 
गुगलले सार्वजनिक गरेको नयाँ अनलाईन संगीत भण्डारण सेवा प्रबिधीको क्षेत्रमा क्रियाशील बर्चस्वकर्ताहरुबीच बढीरहेको चर्को प्रतिस्पर्धाको पछिल्लो रुप हो । अहिले भाष्ट वेव, एप्पल, अमाजोन र गुगलले बिद्युतीय यन्त्रहरुमार्फत सिर्जना गरिरहेको संजाल (Ecosystems) यस्तो प्रतिस्पर्धाक छ की जसले आफ्ना ग्राहकलाई आफुबाट अर्को सेवा प्रदायकको सेवा लिनबाट पुर्णरुपमा रोक्नलाई सक्दो प्रयास गरिरहेका छन् । इन्टरनेटको लोकप्रीयतासँगै सजिलै डाउनलोड गर्न सकिने, जुनसुकै स्थानमा सुन्न÷हेर्न सकिने तथा नयाँ नयाँ प्रडक्टका लागि लोकप्रीय भएकोले डिजिटल संगीत सञ्जालप्रतिको आकर्षण बढ्दो छ । त्यसमाथि यो व्यवसाय पैसा कमाउनका लागि पनि बेजोड छ भन्ने कुरा एप्पलले प्रमाणित गरेपछि गुगल झनै आक्रामक रुपमा उत्रिएको हो । 
 
गुगलले शुरु गरेको यो नयाँ सेवाले यसका उपभोक्तालाई निशुल्क रुपमा गुगलमा २० हजारसम्म संगीत भण्डारण गर्ने सुबिधा प्रदान गर्नेछ । साथै आउने दिनहरुमा उपभोक्ताले गुगल डिजिटल संगीत बजारमा १३ मिलियन गीतसंगीत खरिद गर्न सक्नेछन् जसले उपभोक्ताको व्यक्तिगत संगीत भण्डार सजिलैसँग भर्नका लागि सहयोग पुग्नेछ । उपभोक्ताको आकर्षण बदाउन गुगलको रणनीति यस्तो पनि छ की यदी कुनै पनि उपभोक्ताले गुगल म्युजिक भण्डारबाट गीतसंगीत किनेर प्रयोग गर्छ भने उसले गुगल प्लस मार्फत आफ्ना साथीहरुलाइ सित्तैमा त्यो संगीत प्रयोग गर्न दिनसक्छ । तर यस्तो सुबिधा एकपटक भन्दा बढी पाइनेछैन । आफ्नो बजार बिस्तारका लागि गुगलले केही चर्चित ब्याण्डहरुका गीतहरुलाई पनि निशुल्क रुपमा उपलब्ध गराउनेछ ।
 
एप्पलभन्दा झन्डै एकदशक पछि यो व्यवसायमा हाल हालेको गुगलका लागि डिजीटल संगीत गतिबिधिमा एप्पलको राज्य हल्लाउने चुनौती सामान्य हुनेछैन । सेवा सफल पार्नका लागि गुगलले बिश्वका लोकप्रीय तथा चर्चित संगीत उत्पादन कम्पनीहरुसँग सहकार्य गर्नुपर्नेछ । अहिलेसम्म गुगलले युनिभर्सल म्युजिक ग्रुप, इएमआई ग्रुप र सोनी म्युजिक इन्टरटेइनमेन्टसगँको संझौतामा सहि गरिसकेकोछ । २० मिलियन गीतसंगीत भण्डारण क्षमताको एप्पल आइट्युन्स् स्टोरसँगको प्रतिस्पर्धा सफल हुनका लागि गुगलले वार्नर म्युजिक ग्रुपसँग सहकार्य गर्नैपर्छ जोसँग अहिलेसम्म गुगलको संझौता भएको छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक