20111204

विश्वकै एक लोकप्रिय र चर्चित चलचित्र नायक देब आनन्दको बेलायतमा निधन, अन्तराष्ट्रिय कलाकार मंचद्वारा दु:ख प्रकट

संसारकै सुन्दर नायक, कालो कोट र शुटमा हिड्दा उनी यती सुन्दर देखिन्थे कि जसका कारण समस्या उत्पन्न भएर उनलाई ति शुट लगाउन समेत प्रतिबन्ध लगाइएको थियो भनिन्छ, जवानीमा सुन्दरीहरु उनलाई पाउन प्रस्ताब गर्थे र उनले नमान्दा आत्महत्या गर्थे भनिन्छ त्यस्ता नायक,  विश्वकै एक लोकप्रिय र चर्चित कलाकार देब आनन्दको बेलायतमा निधन भएकोमा अन्तराष्ट्रिय कलाकार मंचले दु:ख प्रकट गरेको छ । मंचका तर्फबाट अमेरिकामा अध्यक्ष रामप्रसाद खनालले एक शोक बक्तब्य जारी गर्दै देब आनन्द भारतका मात्र नभएर संसार भर लोकप्रिय रहेका एक चलचित्र नायक रहेको र उनका सयौ चलचित्र त्यसका सबुत भएको स्मरण गराउनुभएको छ । यस्ता महान कलाकारको निधनले कलाकारिता जगत ले ठुलो क्षती बेहोर्नुपरेको बताउदै श्री खनालले स्वर्गिय देब आनन्दको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जन र संसार भरी छरिएका देब आनन्दका शोक सन्तप्त दर्शकहरुमा समेत समबेदना प्रकट गर्नुभएको प्रबक्ता एबम केन्द्रिय सचिब प्रकाश नेपालले बताउनुभएको छ। देब आनन्द अभिनित केही चलचित्रका गीत हरु तपाईंका लागि :  

बलिउड अभिनेता देवानन्दको ८८ वर्षको उमेरमा निधन भएको छ। उपचारका लागि बेलायत पुगेका आनन्दको आज बिहान हृदयघातका कारण निधन भएको हो। भारतीय सिनेमामा सदावहार रोमान्टिक हिरो रहेका देवानन्दले नेपालमा भएको दरबार हत्याकाण्डलाई आधार बनाएर फिल्म बनाउने घोषणासमेत गरेका थिए। फिल्मको पोस्टर तयार भएपनि उनको यो योजनाले पूर्णता भने पाउन सकेन। उनकै मुलुक भारत लगायत नेपालमा पनि विभिन्न सम्मान पाएका उनी १९६४ देखि फिल्मी क्षेत्रमा सक्रिय थिए। उनका थुप्रै फिल्महरु नेपालमा सुटिङ भएका छन्। देवानन्द मृत्यु अगाडिसम्म पनि फिल्म निर्माण क्षेत्रमै सक्रिय रहँदै आएका थिए। उनको निधनले बलिउड पूरै शोकमा छ। भारतीय फिल्मका हस्तिहरुले सामाजिक सञ्जालबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक