20111205

नेपाली काङ्रेस भित्रका खटीरा र पेन्डुलम भनिने नेता शेरबहादुर देउवाले अबको राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने बताए !

शिविरबाट लडाकु कहां गए, पैसा कसले बुझे, त्यो कुराको जवाफ प्रधानमन्त्री बाबुराम भट्टराईले दिनुपर्ने
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अबको राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने बताएका छन्। नेपाल प्रेस युनियन बैतडीद्वारा सोमबार बिहान पाटनमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै नेता देउवाले केहीदिनमै कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताउँदै त्यसको नेतृत्व आफूले गर्ने दाबी गरेका हुन्। उनले कांग्रेस केन्द्रीय समितिको बैठकले यसअघि नै राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउने निर्णय गरिसकेको समेत उनले बताए। उनले कांग्रेस नेतृत्वकै सरकारले शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताए। पार्टी विवादका विषयमा सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापति सुशील कोइरालाको भएको बताए। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण सिटौलाले माओवादी लडाकु सम्पर्कमा नरहेपनि शिविरबाट तलब बुझेको कुरालाई सरकार र अनगुमननमा बस्नेले जवाफ दिनुपर्ने बताएका छन् । शिविरबाट लडाकु कहां गए, पैसा कसले बुझे, त्यो कुराको जवाफ प्रधानमन्त्री बाबुराम भट्टराईले दिनुपर्ने बताए । सोमबार बिहान पार्टी कार्यालयमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व गृहमन्त्री उनल शान्ति प्रक्रिया अन्र्तगत माओवादीको हतियार सरकार मातहत आउनुपर्ने, वाईसिएल विघटन हुनुपर्ने, शिविर खाली हुनुपर्ने, अवैधानिक तरिकाले माओवादीले
चलाएका गाडी दर्ता हुनुपर्ने लगायतको रहेको बताए । शान्ति प्रक्रियाका मुद्दा टुंगिने बित्तिकै संविधान निर्माणका मुलभुत मुद्दा १५ दिन भित्र सक्ने दाबी गरे । शिविरको गतिविधीबारे बारम्बार आलोचना भईरहेपनि माओवादीले ढाकछोप गर्दै आएको बताउदैं उनले एकछिन छलकाप गर्न सकिन्छ, तर अहिले शिविर भित्रको पर्दा उठ्न थालेको बताए । सिटौलाले मंसिर २९ गते सम्म यो सरकारले शान्ति प्रक्रियाको मुलभुत कार्य सम्पन्न गर्ने डेटलाईन तोकेको हुनाले त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक