20111210

११ वर्षीय बालक पुरानो बसपार्कबाट अपहरणमा परे !

पुतलीसडकस्थित अमन इङ्लिस स्कुलमा अध्ययनरत ११ वर्षीय बालक बिहीबार बिहान पुरानो बसपार्कबाट अपहरणमा परेका छन्। पुरानो बसपार्कमा रहेको सिटी मार्केटमा व्यवसाय गर्दै आएका राजन दाहालका छोरा निराजन दाहाल बिहानदेखि एकाएक बेपत्ता भएपछि उनको परिवारले छोरा अपहरणमा परेको भन्दै प्रहरीमा लिखित उजुरी दिएका छन्। सिटी मार्केटको विषयलाई लिएर बाबु राजन दाहाललाई केही व्यक्तिले केही दिनयता धम्की दिइरहेको र बिहीबार बिहानबाट छोरा एकाएक बेपत्ता भएको गुनासो उनले नेपाल समाचारपत्रसँग गरेका छन्। सो बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत दाहाल बिहान पसल आएर बाबुसँग खाजा खान २० रुपियाँ लिएर हिँडेका र अबेलासम्म घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो। बेलाबेलामा पसलमा बसेर व्यापार गर्ने निराजन कहीं कतै जानुपरे घरमा खबर गर्ने तथा एक घण्टा ढिला भयो भने बुबालाई पटकपटक सम्पर्क गर्ने गरेको उनको पारिवारिकस्रोतले जानकारी दिएको छ। म र मेरी श्रीमतीलाई सिटी मार्केटको विषयलाई लिएर मार्नेसम्मको धम्की सिटी मार्केट साचालकहरुले दिने गरेका कारण श्रीमतीलाई समेत डिप्रेसन भएको छ अहिले औषधि खुवाइरहेको छु त्यति नै बेला छोरा बेपत्ता भएको छ म त बिचल्लीमा नै परें -राजनले गुनासो गरे। अपहरणकारीले आफूलाई फोन नगरेको र रिसईबी साँध्ने उद्देश्यले छोरालाई अपहरण गरेको हुन सक्ने अनुमान उनले गरे। प्रहरीले निराजनको हुलिया र दाहाल परिवारलाई धम्की दिने व्यक्तिहरुलाई निगरानीमा राखेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। हामी अपहरण भएको हो वा होइन खोजी गरिरहेका छौं -अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक