20111211

सबै नेतालाई प्रधानमन्त्री र मन्त्रीको कुर्सी नभै भएन तर एउटा त्यागी नेता पनि देखिए जसले कहिलै प्रधानमन्त्री वा मन्त्री बन्न खोजेनन, उनीबाट अरुले पनि सिक्ने कि !

नेपाली कांग्रेसमा भाबी प्रधानमन्त्रीको लागि पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलबीच हानाथाप भइरहँदा पार्टी सभापति सुशील कोइरालाले भने आफूमा प्रधानमन्त्री बन्ने लालसा कहिल्यै नपलाएको बताए

कांग्रेस दोलखाले आइतबार सदरमुकाम चरिकोटमा आयोजना गरेको आम भेलालाई सम्बोधन गर्दै कोइरालाले आफूले अरु साथीहरुलाई नै प्रधानमन्त्री भएको देख्‍न चाहेको बताए। सहमति एकता र पार्टीको विधानअनुसार छलफलबाटै प्रधानमन्त्रीको उमेदवार चयन गर्ने पनि कोइरालाले बताए। तर सहमतिबाटै अगाडि बढ्न खोज्दा पनि तानाशह र निरंकुशको आरोप लगाइएकोमा भने उनले गुनासो गरे। जीनवनभरि लोकतन्त्र र लोकतान्त्रिक मूल्य र मान्यताका लागि लडेको व्यक्ति कसरी तानाशाह हुनसक्छ उनको प्रश्‍न थियो। उनले भने, 'सभापति भएपछि पार्टीभित्र संस्थागत निर्णय गरि पद्धति बसाल्न खोज्दा म तानाशाह हुनुपर्ने।' 'म सभापति भएको सवा एक वर्ष भयो, व्यक्तिगत निर्णय लिदाँ कार्यकर्ताको भावनामा चोट पुग्छ भनेर सधैं संस्थागत निर्णय लिन खोजे तर उहाँहरु (देउवा) नमानेपछि सधैं सहमतिको नाममा अनिर्णयको बन्दी बन्न नसकिने जनाए। उनले कांग्रेसले अवसर पाए पार्टीबाटै निर्णय गराएर प्रधानमन्त्री बनाइने पनि दाबी गरे। कोइरालाले पार्टी कार्यकर्तासँग मात्र नभई सञ्चारकर्मीसित पनि आफ्नै साथीहरुले आफूलाई तानाशाह भनेकामा गुनासो पोखे। उनले पार्टी नेता शेरबहादुर देउवाले सार्वजनिकरुपमै तानाशाह र निरंकुश भन्दै हिँडेकोमा चिन्ता मिश्रित गुनासो गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक