20111211

आखिर उनी नयाँ नेपालका दिन फर्केका "प्रचण्ड" न परे हगी !

सर्बोच्च अदालतको आदेश पछी सबैले सुरक्षाकर्मी र गाडी फिर्ता गर्दै, तर सत्र हजार मान्छे मारेर प्रचण्ड बनेका पुष्पकमल दाहालले फिर्ता नगर्ने रे ! नेपाल प्रहरीका २६ र सशस्त्रका ४५ सुरक्षाकर्मी अगाडि पछाडि लगाएर राष्ट्रपती र प्रधानमन्त्री भन्दा पनि बढी शान देखाएर हिंड्न मन पराउंछन् बहुरुपी प्रचण्ड, उनलाई सर्बोच्च अदालतको आदेशले के छुन्थ्यो र, फेरी त्यसै माथि उनकै बाबुरामको राज चलेका बेला !   

माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनको सुरक्षामा रहेका सुरक्षाकर्मी फिर्ता नपठाउने भएका छन् । विस्तृत शान्ति सम्झौतामा माओवादी नेताको सुरक्षा सरकारले गर्ने उल्लेख भएको भन्दै सुरक्षाकर्मी फिर्ता नपठाउने उनका छोरा प्रकाशले जनाए । 'विस्तृत शान्ति सम्झौताअनुसार सुरक्षाकर्मी फिर्ता नपठाइएको हो,' उनले भने । दाहालको सुरक्षाका लागि नेपाल प्रहरीका २६ र सशस्त्रका ४५ सुरक्षाकर्मी छन् । दाहालको सुरक्षाको पूरा जिम्मा नेपाल प्रहरी र सशस्त्रले लिनुअघि लडाकुले पनि गर्दै आएका थिए । दाहाललाई सबभन्दा सुरक्षा खतरा भएकाले हटाउन नमिल्ने प्रकाशले जनाए । दाहाल आफैंले पनि पटक-पटक आफूलाई सुरक्षा खतरा रहेको बताउँदै आएका छन् । सुरक्षाकर्मी फिर्ता गरेका नेताहरूको सुरक्षाका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरी त्यसको व्यवस्था गर्ने तयारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाए । 'शीर्ष नेताहरूलाई कस्तो सुरक्षा चाहिन्छ भन्ने विषयमा सम्बन्धित नेताहरूसँग छलफल गरी व्यवस्था गर्ने तयारी भएको छ,' उनले भने, 'माओवादी नेताका हकमा भने विभिन्न सम्झौताअनुसार पहिलेकै सुरक्षाकर्मी रहने छन् ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक