20111212

माओवादी अध्यक्ष पुष्पकमल दाहाल भन्छन : 'कहिलेकाँही त मलाई कलाकार हुनुपर्ने, कताबाट नेता भइयो जस्तो पनि लाग्छ,'

जनताको गालीले नेताहरु कहाँसम्म पिरोलिएका रहेछन् भन्ने बुझ्न माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति काफी छ । कीर्तिपुरमा सोमबार त्रिभूवन विश्वविद्यालय स्ववियुले
आयोजना गरेको कार्यक्रममा विद्यार्थी नेताहरु शीर्ष नेतृत्वविरुद्ध खनिएपछि दाहालले उल्टै आक्रोसमात्र पोखेनन्, विरक्तिए पनि । 'कहिलेकाँही त मलाई कलाकार हुनुपर्ने, कताबाट नेता भइयो जस्तो पनि लाग्छ,' आफूअघिका वक्ता तथा कलाकारले नेताविरुद्ध छेडछाड गरेपछि दाहालले भने, 'अर्कोतिर तपाईंहरु नेता, नेतृत्वविरुद्ध कथा, कविता र भाषण आएपछि ताली लगाउनुभो, मलाई डर लाग्यो, नेतृत्वको विरोध गर्दा ताली लागेपछि मैले कसको विरोध गर्ने ? म तपाईंहरुलाई शुभकामना दिन्छु, तपाईंहरु सवै भविष्यमा प्रचण्ड बन्नुस् र अहिलेको प्रचण्डको मनस्थिति बुझ्नुस् ।' दाहालले उल्टै गलत नेतृत्व छानेकाले भ्रष्टाचार बढेको भन्दै दोष जनतासँग पनि बाँडे । 'नेता र नेतृत्व सबै बिग्रिए, देश विगार्ने नेतृत्वले नै हो भन्ने बुझाइ छ,' दाहालले यसो भनिरहँदा विद्यार्थीहरुले 'हो हो' भन्दै हुटिङ गरेका थिए । फेरि उनले भने, 'के नेताले जनता जन्माउने हो ? या जनताले नेता जन्माउने हो ? धेरै गाली नगर्नुस् तपाईंहरुले नै नेता जन्माएको हो । बरु तपाईंहरु नै फर्किएर हेर्नुस् ।' दाहालले नेता बन्न गाह्रो हुने बताउँदै गालीमात्र नगर्न पटक-पटक आग्रह गर्दा विद्यार्थीहरुमाझ हाँसो गुन्जिभएको थियो । गाली गर्नुको साटो सवैले आफ्नो दायित्वबोध गर्नुपर्ने उनले उल्लेख गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक