20111213

बाबुराम भट्टराई आफुले आफैलाइ डिस्टिङ्सन नम्बर दिए पछी !

100 Days of Bhattarai Government 
माओवादी कामरेडहरु यस्तो पनि गर्छन् लौ हेर्नुस् !
युद्धकालमा दोस्रो विवाह गरेको आरोपमा हजारौंलाई भाटे कारबाही गरेको भन्दै दु:ख दिने 'क्रान्तिकारी' पार्टी माओवादीका एक जिम्मेवार नेताले 'मामाकी छोरी' लाई भित्र्याएका छन्। वर्षौसम्म 'अवैध सम्बन्ध राख्दै आएका रौतहट जिल्लाका माओवादी इन्चार्ज अशोक
जयसवालले 'अप्ठयारो' मा परेपछि गत बिहीबार भने 'मामाकी छोरी'  बहिनीलाई भित्र्याएका हुन्। गौर निवासी कविता जयसवाललाई सधैं बोकेर हिंड्ने गरेका नेता जयसवालले सहकर्मीहरूको प्रश्नमा 'मामाकी छोरी' भएको जवाफ दिने गरेका थिए। तर त्यही 'मामाकी छोरी' लाई नेता जयसवालले गत बिहीबार केटीका माइती पक्षको रोहबरमा जनकपुरको जानकी मन्दिरमा विवाह गरेका हुन्। दुईवटा छोरा र एक छोरीका बाबु जयसवाल संविधानसभाको निर्वाचनमा कांग्रेस सभासद् मोहम्मद अफताव आलमसाग रौतहट–२ बाट पराजित भएका थिए। उनको पहिलो श्रीमती रेखा सामान्य गृहिणी हुन्। कवितालाई सधैं बोकेर हिंड्ने जयसवालले वीरगन्जस्थित आफ्नो डेरामा लान थालेपछि धेरैपटक उनकी श्रीमतीले नैतिकता र आचरणमा प्रश्न उठाएकी थिइन्। 'लोग्नेले आफ्नै सामु अरु केटीलाई बोकेर हिंडेपछि माओवादीका नेताहरूसाग रेखाले अनुनय विनय पनि गरिन्, तर कसैले पनि उनको कुरा सुनेन,' उनका छिमेकीले हामीसँग भने। रौतहटको विकट अजगैवी वौदाहामा जयसवालकी श्रीमती राछोरी पालेर बस्ने, तर नेता श्रीमान् भने तरुनी खेलाएर हिड्ने गरेको कयौंपटक उजुरी छिमेकीहरूले गरेको भए पनि माओवादीले कुनै कुरा नसुनेको
उनको भनाइ थियो। पार्टीको काममा भन्दा ठेक्कापट्टामा बढी रमाउने जयसवाललाई इन्चार्जबाट हटाउनुपर्ने माग गर्दै तीन महिनाअघि काठमाडौंमा डेलिगेसन आएको थियो। तर, पैसा टन्न भएका अध्यक्ष प्रचण्ड निकट मानिने जयसवाललाई हटाउने आँट भने कसैले पनि गर्न नसकेको माओवादी नेताहरू नै स्वीकार गर्छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक