20111213

चीनका प्रधानमन्त्री वेन जियावाओको बहुप्रचारित आसन्न नेपाल भ्रमण स्थगित, चिनियां पक्ष आफैले भ्रमण स्थगित गरेको हो !


चीनका प्रधानमन्त्री वेन जियावाओको बहुप्रचारित आसन्न नेपाल भ्रमण स्थगित भएको बताइएको छ । स्रोतका अनुसार उपयुक्त वातावरण नभएको मूल्यांकन गरी चिनियां
पक्ष आफैले भ्रमण स्थगित गरेको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारकै अनुरोधमा भ्रमण स्थगित भएको उल्लेख गर्दै छिट्टै चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको वातावरण बन्ने वताउनुभयो । भ्रमणको नयाँ तिथि छिट्टै तय हुने उहाँको भनाइ थियो । यसअघि चिनिया राजदूत हुलानले मन्त्री श्रेष्ठलाई भेटेर प्रधानमन्त्री बेनको भ्रमण स्थगित भएको जानकारी दिनुभएको थियो । चिनियां प्रधानमन्त्री वेनले पुस ५ देखि ७ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यंक्रम थियो । तर, मधेसी मोर्चाले उनको भ्रमणलाई प्रभाव पार्ने गरी सरकार ढाल्ने कसरत गरेको सूचना पाएपछि भ्रमण स्थगित भएको विश्लेषकहरुले बताएका छन् । मोर्चाका नेताहरुले हिजो मात्र प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी मंसिर मसान्तभित्र माओवादी र मोर्चाबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभए सत्ता छाड्ने चेतावनी दिएको थियो । मोर्चाले आमसहमति नभई चिनियाँ प्रधानमन्त्रीको भ्रमण हुन लागेकोमा समेत असन्तोष जनाएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक