20111222

जनमोर्चा र एमालेका कार्यकर्ताको कुटाईबाट घाइते भएका माओवादीका कार्यकर्ताले सुरक्षा खोज्दै सदरमुकाम आए

जिल्लाको खुङ्गा गाविसका तीन माओवादी कार्यकर्ताले 'गाउँमा बस्ने सक्ने अवस्था नभएको' भन्दै सुरक्षाको माग गरेका छन्। राष्ट्रिय जनमोर्चा र एमालेका कार्यकर्ताको कुटाईबाट घाइते भएका माओवादीका कार्यकर्ताले सुरक्षा खोज्दै सदरमुकाम आएका हुन्। खुङ्गा गाविसमा गत शनिबार भएको गाउँ परिषदको बिवादपछि कुटपिटबाट घाइते भएका खुङ्गा-५ का हर्कजीत वि.क., कुल प्रसाद वि.क., टेक बहादुर वि.क.ले सुरक्षाको माग गरेका हुन्। बुधबार बाग्लुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गाउँ फर्किने वातावरण मिलाइदिन आग्रह गरे। राजमोका तिलक पुन र एमालेका गणेश थापा नेतृत्वको करिव २५ जनाको समुहले कुटपिट गर्दा घाइते भएको हर्कजीत वि.क.ले बताए। गाउँ परिषदमा माओवादी गाविस सेक्रेटरी बल बहादुर वि.क.नेतृत्वको समूहले माइन्युट नियन्त्रणमा लिएर हिँडेपछि विवाद सुरु भएको थियो। उता राष्ट्रिय जनमोर्चाले पनि सो घटनामा आफ्ना चार कार्यकर्ता घाइते भएको जनाएको छ। खुंगा-७ का गनबहादुर फगामी, सोही स्थानका हेमलाल फगामी, खुंगा गाविस-९ का राजेश छन्त्याल र सोही स्थानका इन्द्रमान छन्त्याल घाइते भएको भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक