20111222

गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका चार युवाको रिहाईको माग गर्दै खोटाङका जनजाती संगठनहरुले प्रदर्शन गरे

 खोटाङ, गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका चार युवाको रिहाईको माग गर्दै आज खोटाङका जनजाती संगठनहरुले र्‍याली प्रदर्शन गरेका छन् । नेपालका जनजातीहरुले आफ्नो कुलपितृ गर्दा समेत गोरुको मासु प्रयोग गर्दै आएको भन्दै उनीहरुले गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका दिक्तेल–२ का दिपेश श्रेष्ठ र नबीन गुरुङ, दिक्तेल–६ का रामचन्द्र राई र खार्मी–७ का कर्णबहादुर तामाङको रिहाईको माग गरेका हुन् । खोटाङ्गस्थित आदिवासी जनजाती जिल्ला सञ्जाल, किरात राई यायोक्खा, किरात राई बिद्यार्थी संघ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, खम्बुवान राष्ट्रिय मोर्चा, नेवा खःल र भुजेल सेवा समाजका पदाधिकारी लगायत अन्य जनजाती संगठनका पदाधिकारीहरुले प्रहरी हिरासतमा राखिएका युवाहरुको बीनाशर्त रिहाईको माग गर्दै आज सदरमुकाम दिक्तेल बजार परिक्रमा गरेका छन् ।
सदरमुकाम दिक्तेलको माटिकोरेमा गोरु काटेर मासु बाँड्दै गरेको अवस्थामा चार युवाहरुलाई गत पुस–१ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरी हिरासतमा राखिएपछि  आफ्नो परम्परागत संस्कारमाथि हस्तक्षेप भएको भन्दै आदिवासी जनजाती संगठनहरुले पुस–५ गतेदेखि बिरोध शुरु गरेका छन् । नेपालको मुलुकी ऐनमा गोरु काट्नेलाई १२ बर्ष कैद सजाय तोकिएको भए पनि नेपालको अन्तरिम संबिधान २०६३ मा सामाजिक एबं साँस्कृतिक परम्पराको मर्यादा राखी आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक प्रदान गरेको उल्लेख गर्दै जातीय संगठनहरुले पक्राउ परेका युवाहरुको रिहाईको माग गरिरहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक