20111224

प्रचण्डले वैद्य पक्षलाई समेटेर बाबुराम भट्टराई कै नेतृत्वमा सरकार पूनगर्ठन गर्ने प्रस्ताव, मोहन वैद्य पक्षले अस्वीकार गरे


केन्द्रीय समिति बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षले अस्वीकार गरेको छ । वैद्य पक्षका माग सम्बोधन गर्दै प्रचण्डले पेश गरेको प्रस्ताव अस्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले छुट्टै प्रस्ताव पेश गर्नु हुनेछ । प्रस्ताव लेख्न सोमवारसम्मको समय मागेका बैद्यले आउँदो बैठकमा फरक प्रस्ताव पेश गर्नुहुनेछ । पटक पटक स्थगित भएर आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पार्टीमा विकसित संकट, त्यसको समाधान र आगामी कार्यक्रम सहितको प्रस्ताव पेश गर्नु भएको छ । प्रचण्डले शान्ति र संविधान नै अहिलेको आवश्यकता भन्दै जनवादी क्रान्तिका केही उपलब्धि हासिल
भएको र केही बाँकी रहेको उल्लेख गर्नुभएको छ । प्रचण्डले मोहन वैद्य पक्षलाई समेटेर डाक्टर बाबुराम भट्टराई कै नेतृत्वमा सरकार पूनगर्ठन गर्ने प्रस्ताव गर्नुभएको छ । प्रस्तावमा प्रचण्डले बीपा सम्झौता ठीक भएपनि प्रधानमन्त्री भट्टराईले पार्टीमा पर्याप्त छलफल नगरेर कमजोरी गरेको उल्लेख गर्दै मुलुकको ऐन कानून बलियो बनाएर मुलुकको हितमा बीपालाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । तर प्रचण्डले जग्गा फिर्ता, सेना समायोजन लगायतका काम प्रधानमन्त्री भट्टराई एक्लैले नभई निर्णय र सल्लाहमा गरेको भन्दै बचाउ गरेको स्रोतले जनाएको छ । पार्टीमा देखिएको अन्तर विरोध समाधानका लागि बाहिर टीका टिप्पणी गर्नुभन्दा फोरम चलाउने र नमिलेका विषय किटान गरी वैचारिक हिसावले समाधान गर्ने गरी महाधिवेशनसम्म लैजाने प्रचण्डको प्रस्ताव छ । प्रचण्डले संगठन सुदृढीकरण र शान्ति प्रकृया र संविधान निर्माणको काम निष्कर्षमा पुर्‍याउन जनपरिचालन गर्नु पर्ने प्रस्ताव गर्नुभएको छ । अध्यक्ष प्रचण्डले एउटै पार्टीमा पक्ष र प्रतिपक्ष नभई काममा एकरुपमा ल्याउनु पर्नेमा पनि जोड दिनुभएको छ । उहाँले एकताको विकल्प नभएको भन्दै पार्टी भित्रको एकतामा जोड दिएको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक