20111215

बन्दुक लिएर संबिधानसभा जाने बन्दुके माओवादी मन्त्रीलाई कमिशनको चक्करले छोए पछी यसो भने "मेरो कार्यकाल भित्रै आठ–नौ वटा जहाज ल्याउँछु, सके जहाज ल्याउने काम गर्छु, नसके मर्छु"

पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टले आफ्नो कार्यकाल भित्रै आठ–नौ वटा जहाज ल्याउने दावी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले भने–कम्ति ल्याउँदा ३, ठिक्क हुदाँ ८–९ वटा र आवश्यक पर्दा १ दर्जन जहाज ल्याउँछु। राजनीतिक सहमति गरेर बाटो खोल्ने हिसावमा सैद्धान्तिक सहमति दिएको दावी गर्दै उनले भने–जहाज आउँछ, यो कुरामा ढुक्क हुुनुस, म सिधा कुरा गर्ने मान्छे, कि गर्छु कि मर्छु । कसैले बादर र खरानी बनाउँन खोजे यो विष्ट दह्रो रुपमा उभिन्छ कहाँ लडनु पर्छ, लडछ तर जहाज ल्याएरै छाड्छ। उनले जहाज खरिद प्रक्रियामा कमिसनको कुनै खेल नहुने दावी गर्दै जहाज खरिदको सम्झौता सार्वजनिक र पारदर्शी रुपमा शिर्ष नेता देखि सबै सरोकारवालालाई राखेर गर्ने घोषणा गरे। उनले जहाज ल्याउँदा सबै प्रक्रिया पुर्याएरै ल्याउने दावी गर्दै एक रौ पनि प्रक्रिया नमिच्ने र अहिलेसम्म प्रक्रिया अनुसारनै काम अगाडि बढाएको बताए। चिनिया जहाज उपयूक्त नभएको भनि आएको समाचारको खण्डन गर्दै उनले प्राविधिकले नै उपयूक्त भनेर प्रतिबेदन दिएअनुसार नै काम भएको स्पष्ट पारे। उनले जहाज खरिदकोलागी चिनियाँ पक्षसँग सम्झौता गरिसकेको भन्दै अर्थमन्त्रालय र प्रधानमन्त्रसँग पनि सहमति लिएर
सम्झौता गरेको बताए। उनले जोड दिदै भने–म कसैको नोकर होईन, मैले गर्ने काम गरे, कसैको पाउँ पर्दिन जहाज जवाफदेहि र पारदर्शी ढंगले ल्याउँछु। पुरानो हिसाव किताव रहेकेाले न्यारो र वाईड बडीको जहाज ल्याउनु परे एयरबसकै जहाज ल्याउने उनले स्पष्ट पारे। उनले जहाज खरिद सँगै नयाँ विमानस्थलको निर्माण र सुधार गर्ने योजना सुनाउँदै यस आर्थिक वर्षमै पहाडी जिल्लाका ९ वटा विमानस्थल कालो पत्रे हुने, पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने, निजगढ विमानस्थल निर्माणको सूरुवात गर्ने बताए। मन्त्री विष्टले त्रिभुवन विमानस्थलको मुहार परिवर्तन गरिछाड्ने प्रतिबद्धता ब्यक्त गर्दै नेपाल आउँदा नयाँ ठाउँ पो आई कि जस्तो हुने गरी परिवर्तन गर्ने र आफ्नो योजना कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे। काठमाडौमा आन्तरिक विमानस्थल नागिडाडा र पाचखालमा बनाउन उपयूक्त हुने नहुने विषयमा अध्ययन गर्न सात दिने म्याद सहित समिति गठन गरेको र प्रतिवेदन आए पछि विमानस्थल निर्माणको कार्य सुरु गर्ने घोषणा पनि गरे। उनले नेपालको पर्यटन विकासकोलागी तत्कालिन, मध्यकालिन र एक दशकोलागी भिजन ट्वान्टी ट्वान्टी तयार पार्ने काम गरिरहेको जानकारी दिदै पर्यटन नीतिलाई फराकिलो बनाएर अगाडि बढ्ने बताए। उनले सन् २०२० सम्म निरन्तर रुपमा पर्यटन प्रर्वद्धन अभियान चलाउने बताउँदै सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष, १३ लाई भेरी कर्णाली अध्ययन भ्रमण वर्ष, १४ लाई सेति महाकाली भ्रमण वर्ष, १५ लाई आन्तरिक भ्रमण वर्ष, १६ लाई नागरिक उड्ययन वर्ष, १७ लाई माउन्टेन फ्लाईट वर्ष, १८ लाई पोखरा भ्रमण वर्ष, १९ लाई मिथिला विदेह भ्रमण वर्ष र २० लाई अन्तु, ईलाम, ताप्लेजुङ भ्रमण वर्ष मनाउने तयारी भईरहेको जानकारी दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक