20111216

भूमिगत सशस्त्र समूहले आफ्नो गतिविधिलाई तीव्र पार्दै र्सवसाधारणलाई आतंकित पार्न एक महिनामै चार बम विस्फोट

-सुदीप अधिकारी
बर्दिया जिल्लामा केही दिन यता भूमिगत सशस्त्र समूहले आफ्नो गतिविधिलाई तीव्र पार्दै र्सवसाधारणलाई आतंकित पार्न थालेका छन् । उनीहरूले मंसिर महिनामा मात्रै चार स्थानमा बम विस्फोट गराएर आतंकित बनाएका छन् । सशस्त्र समूहले मंसिर महिनामा सातैपिच्छे विस्फोटका घटना घटाएको छ । चन्दा नदिएको निहुँमा सशस्त्र समूहले सरकारी कार्यालय, उद्योग-व्यवसाय, पसल र निजी घरहरूमा समेत बम राखेर आतंक मच्चाएको छ । सशस्त्र समूहले मंसिरको पहिलो साता जिल्ला कृषि विकास बैंकमा कार्यरत कर्मचारी छविलाल पाठकको घरमा बम विस्फोट गराएका थिए । विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि पाठकको घरमा भने क्षति पुगेको छ । यसैगरी, घटनाको एक सातापछि फेरि सशस्त्र समूहले सानोश्रीस्थित तारा होटलकै सामुन्ने दर्ुइओटा सकेट बम राखेर त्यस क्षेत्रका बासिन्दालाई आतंकित बनाएका थिए । प्रहरीले बेलैमा बम राखेको थाहा पाएपछि सेनाले बम निष्त्रिmय पारेको थियो । जिल्लामा एकपछि अर्को शृंखलाबद्ध भएको बम काण्डले जिल्लावासीलाई चिन्तित बनाएको छ । सानोश्रीमा भएको घटना सेलाउन नपाउँदै गत सोमबार सशस्त्र समूहले
सोरहवा-९ भोलागौंडीका व्यापारी टेकनारायण आचार्यको पसलमा बम विस्फोट गरायो । विस्फोटमा आचार्यकी छोरी र अर्का एकजना घाइते भएका थिए । सशस्त्र समूहले सातैपिच्छे आतंक मच्चाइरहँदा पनि प्रहरी मूकदर्शक बनेर बसेको जिल्लावासीको आरोप छ । सशस्त्र समूहको धम्कीका कारण व्यापार व्यवसाय बन्द गर्ने आवस्था आएको व्यापारीको गुनासो छ । केही समययता भूमिगत समूहद्वारा शृंखलाबद्ध बम विस्फोट गराइए पनि प्रहरीले आपराधिक घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्रन भने सकेको छैन । सशस्त्र समूहको गतिविधि नियन्त्रण गर्न प्रहरीले कुनै ठोस कदम नचालेको हँुदा जिल्लाको शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको स्थानीयवासी बताउँछन् । यता, प्रशासनले सशस्त्र समूहको आपराधिक गतिविधिलाई मध्यनजर गरी यस्ता गतिविधि नियन्त्रण गर्न जिल्लामा थप सुरक्षाबल बढाएको र सशस्त्र, जनपद प्रहरीलाई सीमावर्ती गाउँहरूमा परिचालन गरिएको बताउँदै आएको छ । तर, आपराधिक क्रियाकलाप भने नियन्त्रण हुन सकेको छैन । खुला सीमाका कारण सशस्त्र समूहको गतिविधि नियन्त्रण गर्न कठिनाइ भएको प्रशासनको भनाइ छ ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पर्ूवप्रधानमन्त्री माधवकुमार नेपालले देशको सम्पर्ूण्ा शान्ति प्रक्रियाको काम प्रधानमन्त्री डा. बबुराम भट्टर्राईको टेबलमा थन्किएर बसेको बताएका छन् । 
एकीकृत नेकपा माओवादीको आन्तारिक द्वन्द्वका कारण मंसिर मसान्तभित्र पूरा हुनुपर्ने शान्ति प्रक्रियाका कामहरू सम्पन्न हुन नसकेको बताउँदै नेपालले भने, '२ पुसमा बस्ने विशेष समितिको बैठकले शान्ति प्रक्रियाका कामहरू पूरा गर्नुपर्छ ।' 
'शान्ति प्रक्रियाका कामहरू पूरा गराउन एमालेले सरकारलाई सहयोगीको भूमिका निर्वाह गर्दै आएको र अबका दिनमा पनि यसलाई निरन्तरता दिने छौं,' नेपालले भने ।  
संविधान लेखन तथा शान्ति प्रक्रिया गन्तव्यमा पुर्‍याउन सहयोगी भूमिकाका लागि एवं नेकपा एमालेलाई थप ऊर्जाका साथ चुस्त बनाई अगाडि बढाउन तीन महिने जागरण अभियान सञ्चालन गरेको पनि नेता नेपालले बताए । दोलखा सदरमुकाम चरीकोटमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपालले सो कुरा बताएका हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक