20111228

पूर्व राजा ज्ञानेन्द्र शाह नाती हृदयन्द्र सहित सात जना आफन्तलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी चितवनको सौराहा पुर्‍याएको छ

पूर्व राजा ज्ञानेन्द्र शाह अपराह्न ४ बजे चितवन पुगेका छन्। शाहलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी चितवनको सौराहा पुर्‍याएको छ। पूर्व राजा शाह नाती हृदयन्द्र सहित सात जना आफन्तसँग चितवन आएका हुन्। उनीहरु चितवनको सौराहामा रहेको चितवन प्याराडाइज होटलमा बसेका छन्। ज्ञानेन्द्र सहितको टोली आगामी पुस २० गतेसम्म चितवनमै रहने स्रोतले बतायो। केही दिन आराम गर्न र व्यक्तिगत कामको सिलसिलामा शाह चितवन आएको सहयोगीले बताएका छन्। चितवन बसाइका क्रममा ज्ञानेन्द्र शाहले आफू निकटका व्यक्तिहरुसँग भेटघाट गर्नेछन्। जाडो छल्न चितवन जाने चलन शाह परिवारमा पुरानै हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक