20111206

प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित, मंसिर २१ गते काठ्माण्डुमा बिशाल जनप्रदर्शन हुने


- रजानी श्रेष्ठ
काठमाडौं । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लुम्बिनी बृहत्तर विकास समितिको निर्देशक बनाएपछि त्यसको बिरुद्धमा नेपालका बौद्धमार्गीहरु आन्दोलित भएका छन् । आन्दोलनकै क्रम्मा  बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालको नेतृत्वमा नेपालका १५० वटा बढी बौद्धमार्गी संघ संस्थाहरुले २०६८ मंसीर २१ गते बिशाल जनप्रदर्शन गर्ने भएको छ । काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनमा ठुलो संख्यामा बौद्ध भिक्षु  तथा भिक्षुनीहरु , धर्मगुरुहरु र करिव २० हजारको संख्यामा बौद्धमार्गीहरुको सहभागी हुने अनुमान गरिएको छ । बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालका प्रवक्ता अमरदिप मोक्तानका अनुसार मध्यान्ह १२ बजे काठमाडौंको माइतीघर मण्डलावाट शुरु हुने प्रदर्शनमा सबै राजनीतिक दलमा रहेका आदिबासी समुदायका नेता तथा कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति हुने छ । मंसीर २१ गते काठमाडौंमा हुने बौद्धमार्गीहरुको जनप्रदर्शनको प्रचार प्रसारमा आदिबासी बौद्धमार्गी समुदायका १५० वटा भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरुका खटिएका छन् । प्रदर्शनमा सहभागी हुन अपिल गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले राजधानी काठमाडौंमा व्यापक रुपमा चिठ्ठी पत्रहरु र पर्चाहरु वितरण गर्ने काम गरिरहेको छ । विभिन्न राजनैतिक दलमा रहेका आदिबासी समुदायका राजनीतिज्ञ, समाजशास्त्री, मानव अधिकारवादी, कानून व्यवसायी, धर्मगुरुहरु र पत्रकारहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै बौद्धधर्म संरक्षण सरोकार समन्वय नेपालले पठाएको पत्रमा भनिएको छ : शान्तिप्रेमी जनसमुदायहरु हामी नेपालभरी छरिएर बसेका बौद्ध धर्मावलम्वीहरु शान्ति एवं अहिंसाका पक्षधर हौ । हामी बौद्ध धर्मावलम्वीहरु समभावको आदर्शमा विश्वास गर्दछौं । विगतको राजतन्त्रात्मक निरंकुश राज्य सत्ताले निरन्तर रुपमा बौद्धधर्म एवं बौद्ध धर्मावलम्वीप्रति कठोर एवं पूर्वाग्रहि निति अख्तियार गरी अन्यायमा पारिएको हुनाले आज नेपालका आदिबासी बौद्ध धर्मावलम्वीहरु अधिकतम संख्यामा भएता पनि अति दयनिय अवस्थामा जीवनयापन गर्न बाध्य भएका छन् । विशाल एवं अनुपम संस्कृतिका धनी नेपालका आदिबासी बौद्ध धर्मावलम्वीहरुलाई राजनितिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत हरेक क्षेत्रमा पछाडी पारिएको कुरा सर्वविदितै छ । नेपाल गणतन्त्र त भयो तर गणतन्त्र नेपालको घोषणा भएपछि पनि शासन सत्तामा बस्नेहरु र बौद्ध धर्म बिरोधीहरुद्वारा गणतन्त्रको मूल मर्म र भावना विपरित विगतको निरंकुश राज्य सत्ताले गर्ने गरेकै निति अनुसरण गर्दै शान्ति प्रेमी बौद्ध धर्मावलम्वीहरुको हृदयमा आघात पुर्‍याउने कार्य जारी राखेको कुरा जनसमुदाय माझ अवगत गराउन चाहान्छौं । करुणा, प्रेम ज्ञान एवं अहिंसाको मूर्तरुप भगवान बुद्धको जन्मस्थल लुम्बिनी सरोकारवाला बौद्ध धर्मावलम्वी आदिबासी समुदायको सल्लाह र सहमति बिना व्यक्तिगत स्वार्थको निमित्त केही व्यापारी मुखौटाधारी नेताहरुद्वारा पवित्र स्थल लुम्विनीलाई उद्योगमा परिणत गरी अपवित्र बनाउन तत्पर भई लागेका छन् । यस्ता कुत्सित मनसायको शान्तिप्रेमी बौद्ध धर्मावलम्वीहरु घोर बिरोध एवं भत्सर्ना गर्दछ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीको गम्भीरतालाई जनसमुदाय माझ अवगत गराउन हेतु कुत्सित मनसाय बोकेका चरित्रको उजागर जनसमुदाय माझ हुनु पर्दछ भन्ने हाम्रो बुझाई हो । धर्म निरपेक्ष मुलुक नेपालमा बौद्धधर्म, लुम्बिनी लगायतका बौद्ध धार्मिकस्थलहरुको संरक्षण गर्ने उद्देश्यले २०६८ मंसीर २१ गते बिहान ११ बजे माइतीघर मण्डलाबाट शुरु हुने विशाल शान्ति र्‍यालीमा सहभागी भई दिन हुन व्यापारी, शिक्षक, राजनीतिज्ञ, पत्रकार र बिद्यार्थीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

हाम्रो मागहरुः-
१) आगामी नयाँ संविधानमा लुम्बिनी क्षेत्रलाई छुट्टै विशिष्ट स्वायत्त स्वशासित क्षेत्रको रुपमा व्यवस्था गर्नु पर्ने ।
२) लुम्बिनी विकास क्षेत्र भित्रको जग्गा जमिन लगायत अन्य ऐतिहासिक पुरातात्विक बस्तुहरुको दुरुपयोग चोरी निकासी अविलम्व बन्द गर्नु पर्ने ।
३) लुम्बिनी, बौद्ध, स्वयम्भू र नमोःबुद्ध लगायतका महत्वपूर्ण बौद्ध धार्मिकस्थललाई पूर्ण रुपमा शान्ति क्षेत्र घोषणा गरिनु पर्ने ।
४) बौद्धधर्म र संस्कृति संरक्षण विकास एवं  प्रबर्धन  हेतु स्रोत साधन र सम्पन्न मन्त्रालयको स्थापना गर्नु पर्ने ।
५) सरकारी निकायवाट बौद्धधर्म सम्वन्धी गठन हुने विभिन्न समितिहरुमा दलिय प्रतिनिधित्वको अन्त्य हुनु पर्ने ।
६) धर्म निरपेक्षतालाई कार्यान्वयन गरिनु पर्ने ।

कार्यक्रमः
मितिः २०६८ मंसीर २१ गते
र्‍याली हुने स्थानः माइतीघर मण्डला
समयः बिहान ११:३० बजे ।

थप जानकारीका लागि-
संयोजकः सकुन शेरचन
फोन नं : ९८५१०२३८३६

महासचिवः तामाङ्ग इन्द्रलाल गोले
फोन नं: ९८४९०४१३२२

प्रवक्ताः अमरदीप मोक्तान
फोन नं: ९८४१२३७२४५

प्रचार प्रसार बिभाग प्रमुख: 
कृष्ण बहादुर तामाङ्
फोन : ९७४१०७८६९९ 

आयोजकः
बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपाल
प्रचार प्रसार समिति
केन्द्रीय कार्यालय काठमांडौ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक