20111230

पर्सामा रहेका भूमाफिया र जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरुको मिलेमतोमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरी उसको नाममा रहेको जग्गा अरुलाई नामसारी

पर्सामा रहेका भूमाफिया र जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरुको मिलेमतोमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरी उसको नाममा रहेको जग्गा अरुलाई नामसारी गरिएको खुलासा भएको छ । जिल्लाको महादेवपट्टी गाविस– ५ का स्थानीय बाबुलाल राउत अहिरलाई भूमाफियाहरुले २०६७ फागुन १ गते मरेको कागज बनाई जिल्ला मालपोत कार्यालय पर्साबाट २०६८ साउन १२ गते जग्गा पास गरिएको खुलासा भएको हो । अहिरकी नक्कली श्रीमतीको रुपमा लाल चुनिया अहिरिनलाई देखाई भूमाफियाहरुले सो गाविसमा रहेको तीन कित्ता जमिन उनको नाममा सारेको जिल्ला मातपोत कार्यालय पर्साको अभिलेखमा उल्लेख छ । हालै सो जग्गा आफूले बिक्री गर्न खोजेपछि आफ्नो नाउँको जग्गा अरुको नै भएको र आफूलाई मृत घोषणा गरेको पाएको पीडित अहिरले गुनासो गरे । उनले सो गाविसको वडा नम्बर–५ मा नै रहेको कित्ता नम्बर ३०,७० र ७२ लाई माफियाहरुले आफ्नो नाउँमा बनाएको बताए । जग्गा नामसारी गर्दा गाविस सचिव उमेश राउतको किर्ते सही खडा गरिएको छ । आफ्नो किर्ते सही देखेर आफूलाई नै दुःखित बनाएको र ती व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कारवाहीको माग समेत उनले माग गरे । जग्गाधनीको रुपमा खडा गरिएकी अहिरिनले २०६४ साउन १६ गते जिल्ला प्रशासन पर्साबाट ३४१०४९ नम्बरको नागरिकता बनाएको समेत देखिएको छ । सो विषयमा जिल्ला मालपोत कार्यालय पर्साका अधिकारीहरुले आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । आफ्नो जग्गा बिक्री गर्न खोजेपछि मात्रै
आफ्नो नाउँको जग्गा अरुकै नाउँमा भएको आफूले थाहा पाएको पनि जग्गाधनी अहिरले बताएका छन् । आफ्नो जग्गा पुनः आफ्नै नाउँमा बनाइदिन आफूले जिल्ला मालपोत कार्यालयमा लिखित निवेदन दिएको पनि पीडितले बताएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक