20111230

वैदेशिक रोजगार : चालू आर्थिक वर्षको पाँच महिनामा झन्डै ६० करोडको ठगी, करिब ८ सय जना ठगिए

वैदेशिक रोजगारमा ठगी बढेपछि अनुगमनलाई प्रभावकारी बनाउन कर्मचारी थपिएको छ। अनुगमनलाई कडाइ गर्न हालै ३ जना कर्मचारी थपिएको हो। चालू आर्थिक वर्षमा ६० करोडभन्दा बढीको ठगी भएको छ। यस अवधिमा ७ सय ९२ जनाले उजुरी दिएका छन्। वैदेशिक रोजगारीमा ठगी बढ्न थालेपछि विभागले ३ जना कर्मचारी थपेको छ। विभागमा उपसचिव अधिकृत र सहायक कर्मचारीको पदपूर्ति गरिएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा झन्डै ६० करोडको ठगी भएको र करिब ८ सय जना ठगिएको विभागले जानकारी दिएको छ। विभागका अनुसार मंसिर महिनामा १६ करोड ६६ लाख १६ हजार ४ सय रुपियाँको ठगी भएको छ। मंसिर महिनामा व्यक्तिगत १ सय २ र संस्थागत ७० वटा गरी कुल १ सय ७२ वटा उजुरी विभागमा परेका छन्। त्यसमध्ये संस्थागत १४ वटा र व्यक्तिगत १९ वटा मुद्दाहरु फिर्ता भइसकेको विभागले बताएको छ। यस रकममध्ये ३ करोड ३७ लाख ४५ हजार ५ सय रुपियाँ बिगो रहेको र अदालतसम्म १४ वटा मुद्दा परेका छन्। त्यस्तै कात्तिक महिनामा ३ करोड ४९ लाख ७४ हजार व्यक्तिगतबाट र १४ लाख ८९ हजार संस्थागत रुपबाट ठगी भएको छ। १४ वटा संस्थागत र ६० वटा व्यक्तिगत रुपमा ठगी गरिएको उजुरी विभागमा परेको थियो। विभागका अनुसार संस्थागत ९ वटा ठगी र व्यक्तिगत १७ वटा ठगीका मुद्दा फिर्ता भएको र १४ वटा अदालतमा मुद्दा दायर भएका छन्। त्यसै गरी असोज महिनामा ८ करोड ३५ लाख ५० हजार रकम संस्थागत रुपमा ठगी भएको छ भने व्यक्तिगत रुपमा १ करोड ११ लाख ८२ हजार ८ सय ९० रुपियाँ ठगी भएको छ। असोज महिनामा ६८ वटा व्यक्तिगत र ३५ वटा संस्थागत ठगीका मुद्दा विभागमा उजुरी परेका थिए। त्यसमध्ये १३ वटा उजुरी
फिर्ता भएको र १५ वटा मुद्दा अदालतमा दायर भएको विभागले बताएको छ।

भदौ महिनामा व्यक्तिगत रुपमा १० करोड ८७ लाख ६४ हजार ७ सय रुपियाँ ठगी भएको छ। सोही महिनामा संस्थागत रुपमा १ करोड ९९ लाख ४९ हजार ६ सय रुपियाँ संस्थागत रुपमा ठगी भएको विभागको तथ्यांकले देखाएको छ। भदौ महिनामा व्यक्तिगत ठगीका उजुरी १ सय ५३ वटा र संस्थागत ८५ वटा उजुरी विभागमा परेको थियो। उजुरी परेकामध्ये ३७ वटा मुद्दा फिर्ता भएको र १४ वटा मुद्दा अदालतमा दायर विभागको विभागले बताएको छ।

त्यस्तै चालू आर्थिक वर्षको साउन महिनामा १ करोड ९५ लाख ९१ हजार १ सय ९२ रुपियाँ संस्थागत ठगी भएको र १७ करोड ७८ लाख ३१ हजार ६ सय ५५ रुपियाँ व्यक्तिगत रुपमा ठगी भएको थियो। सोही महिनामा व्यक्तिगत ठगीका मुद्दा १ सय २७ वटा संस्थागत ८८ वटा उजुरी विभागमा दर्ता भएको थियो। त्यसमध्ये १७ वटा उजुरी फिर्ता भइसकेको र १४ वटा मुद्दा अदालतमा दायर भएको विभागले बताएको छ।

चालू आर्थिक वर्षको पाँच महिनामा पोल्यान्ड र मकाउका ठगी महत्वपूर्ण रहेको विभागका नासु कृष्णप्रसाद नेपालले बताउनुभयो। उहाँका अनुसार पोल्यान्डका नामा वेल इन्टरनेसनल प्रालिले १३ करोड रकम ठगी गरेको थियो। अनुसन्धानको प्रकि्रयामा रहेको पोल्यान्डका पीडितहरु विभागमा आउने क्रम अझै जारी रहेको उहाँको भनाइ छ। विभागले छापा मार्ने क्रममा ८ सय ६२ राहदानी फेला पारेको थियो।

त्यस्तै मकाउ पठाउने भन्दै अपरचुनिटीले ३ करोड रकम ठगी गरेको थियो। यस क्रममा ५ सय २७ वटा राहदानी फेला पारिएको र करिब साढे ५ सय पीडितहरुले न्यायका लागि विभागमा उजुरी दिएको नेपालले बताउनुभयो। विभागको वेभसाइटमा उल्लेख गरिएअनुसार आर्थिक वर्ष २०६८ असारसम्म संस्थागत तथा व्यक्तिगत गरी १ हजार २ सय ४ जनाले विभागमा उजुरी दिएका थिए। उजुरी दिएकामध्ये ४ सय ४७ जनाको उजुरी फिर्ता भएको र ९७ वटा उजुरी अदालतमा दायर भएका थिए।

विभागका कानुन अधिकृत पुरुषोत्तम खतिवडाले जनशक्ति अभावका कारण अनुगमन गर्न नसकिएको बताउनभुयो। 'सूचनाका आधारमा अनुगमन गर्ने हो आफैं खोजी गर्न कठिनाइ भइरहेको छ’ उहाँले भन्नुभयो- 'हालै मात्र तीन जना कर्मचारी थपिएको छ सो जनशक्तिले ठगी नियन्त्रण गर्न ध्यान दिनेछ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक