(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20111223

टाउको जोडिएका जुम्ल्याहा विश्वका अरु देशमा पनि जन्मिएका छन् तर ब्राजिलमा भने अनौठो जुम्ल्याहा जन्मिए


नेपालमा टाउको जोडिएका जुम्ल्याहा गंगा जमुना जन्मिएका थिए र उनीहरुलाई सिंगापुरमा शल्यक्रिया गरेर छुट्टाइएको थियो । टाउको जोडिएका जुम्ल्याहा विश्वका अरु देशमा पनि जन्मिएका छन् तर ब्राजिलमा भने अनौठो जुम्ल्याहा जन्मिएका छन् । जुम्ल्याहाका दुइवटा टाउका छुटि्टएका भएपनि अरु सरीर भने जोडिएकेा छ । चिकित्सकहरुले यस्तो जुम्ल्याहा जन्मिएको घटना निकै दुर्लभ रहेको बताएका छन् । गर्भमा रहेका जुम्ल्याहाभन्दा एक जनाको वृद्धिविकाशमा गडबडी आएपछि यस्तो हुने चिकित्सकहरुको भनाइ छ । मुटु लगायत अरु मह्त्वपूर्ण भित्री अंगहरुसमेत एक-एक वटा मात्र भएकाले ती बच्चालाई सर्जरी गरेर छुट्टाउन नसकिने अवस्था रहेको चिकित्सकहरु बताउँछन् । ती बच्चाको नाम जेसस र इमानुयल राखिएको छ । उत्तरी पारा राज्यको अस्पतालमा जन्मिएको बच्चाको तौल साढे ४ किलो छ । सरीरका टाउको बाहेक
अरु अंग एउटामात्र भएकाले बच्चालाई सामान्य अवस्थामा ल्याउन एउटा टाउको सर्जरी गरेर फाल्नुपर्ने अवस्था छ । तर दुबैवटा टाउकाले उत्तिकै सक्रियतापूर्वक काम गरिरहेकाले कुन टाउको फाल्दा उपयुक्त होला भन्ने अन्योलमा डाक्टरहरु परेका छन् । डाइसिफालिक पारापागस भनिने यस्तो अवस्था निकै दुर्लभ अवस्था हो । यसअघि सन् १९९० मा अमेरिकामा पनि यस्तै बच्चा जन्मिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक