20111223

राजधानीको मुटुमै फेरी अर्का ब्यबसायीको हत्या, एक मरणासन्न, उता नवलपरासीमा बाबुराम र बैद्य पक्ष बिच भिडन्त केही घाइते !


भर्खरै हाम्रा काठमाडौं सम्बाददाताले पठाएको समाचार अनुसार लुटेरा समूहले सुन व्यापारी हर्कबहादुर दियालीको हत्या गरेका छन्। कपनको मिलनचोकमा रहेको माता मनकामना सुनचाँदी पसलका सञ्चालक दियालीमाथी पसल बन्द गर्नेक्रममा गोली प्रहार भएको थियो। दियालीको ओम अस्पतालमा उपचारको क्रममा क्रममा मृत्यु भएको हो। गोली प्रहारबाट घाइते भएका रोशन बिकको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको वौद्ध वृत्तका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताए । बिकको अवस्था चिन्ताजनक छ । पसल बन्द गर्नलाग्दा आएका समूह पसलभित्रै छिरेर उनीहरुलाई गोली हानेका थिए। उनीहरु गोली हाने लगत्तै फरार भएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेपनी उनी घटनाका आरोपी हुन या हैनन पुष्टी गरेको छैन। केही साता अगाडिमात्र लुटेरा समूहले ललितपुरको गुण ज्यास पसका कामदार जुजुकाजीको हत्या गरेका थिए। उता नवलपरासीमा सार्वजनिक कुलोको पानीको विवाद बढ्दै गएपछि एकीकृत माओवादीका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई पक्षधर कार्यकर्ताबीच
झडप भएको छ। झडपमा परी दुवै पक्षका एक दर्जन कार्यकर्ता घाइते भएको स्थानीयबासीले बताएका छन्। जिल्लाको देवचुली-६ मा सार्वजनिक कुलोको विवादलाई लिएर माओवादीको भट्टराई पक्षका जिल्ला सदस्य कृष्ण अर्याल र वैद्य पक्षका जिल्ला सदस्य टेकराज भुसालबीच भएको पारिवारिक झगडाले राजनीतिक रुप लिएको हो। झडपबाट माओवादीका कृष्ण अर्याल, श्याम भुसाल, सत्यनारायण भुसाल, झिल्लीराम भुसाल, गुणाखर पाण्डेलगायत माओवादी कार्यकर्ताहरु घाइते भएका छन्। घटनामा अधिकांश वैद्य पक्षधरका स्थानीय नेता तथा कार्यकर्ता घाइते भएका छन्। सार्वजनिक कुलोको पानीको विषयलाई लिएर सुरुमै टेकराज भुसाललगायतले कृष्ण अर्याल र उनका छोरालाई कुटपिट गरेपछि विवाद उत्पन्न भएको माओवादीका इलाका इन्चार्ज गोपी ज्ञवालीले बताए। घाइते श्याम भुसालले आफूहरुलाई छलफलका लागि बोलाएर आफ्नो कुरा नसुनी एकोहोरो आक्रमण गरेको दाबी गरेका छन्। श्यामका अनुसार इलाका इन्चार्ज गोपी ज्ञवालीले घरायसी झगडा मिलाउने भन्दै बोलाएर आक्रमण गरेको बताए। माओवादी नवलपरासीका इन्चार्ज बाला थापाले घटना दुःखदायी भएको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक