20120108

नेपालमा यस्तो पनि हुन्छ : नहाँस्नुहोला है यो समाचार हेरेर, घरधनीहरूले भाडा बढाएको विरोधमा विर्तामोड बजार बन्द

घरधनीहरूले भाडा बढाएको विरोधमा व्यवसायीहरूले आज विर्तामोड बजार बन्द गराएका छन्। साविकको भाडामा पचासदेखि सय प्रतिशतसम्म बढाएकाले व्यवसायीहरू मर्कामा परेको भन्दै बजार बन्द गरिएको हो। व्यवसायीहरूले स्वस्फूर्त रूपमा बजार बन्द गराएको र यस विषयमा विर्तामोड उद्योग वाणिज्य सङ्घको पनि समर्थन रहेको सो सङ्घका अध्यक्ष बलराम कार्कीले बताए। एक बर्षमा बढीमा दस प्रतिशतसम्म भाडा बढाउन सकिने नियमलाई मिचेर एक्कासी सतप्रतिशतसम्म भाडा बढाउनु न्यायसङ्गत नभएको व्यवसायीहरूको भनाई छ।
बहुला कुकुरले एकपछि अर्को गर्दै ३० जनाभन्दा बढीलाई टोके पछी !

विराटनगर उप-महानगरपालिका-५ र ६ को जामुनगाँछी बस्तीमा बहुला कुकुरले ३० जना सर्वसाधारणलाई टोकेको छ। कुकुरले टोकेकाहरु सबैलाई कोशी अञ्चल अस्पतालमा रेबिजको सुई लगाइयो। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगरको बिभिन्न क्षेत्रमा बहुला कुकुरले एकपछि अर्को गर्दै ३० जनाभन्दा बढीलाई टोकेको हो। कुकुरले दुई जना बालबालिका पनि टोकेको छ। प्रहरीले बहुला कुकुरको खोजी भइरहेको जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक