20120112

उद्यमी पवन संघई अपहरणमा परेको ३ सातापछि फिरौती तिरेर बुधबार बिहान मुक्त, ३ करोड रुपैयाँ भारु दिएपछि अपहरणकारी समूहले उपत्यकाभित्र बाटै उनलाई छोडे

अपहरण भएको ३ साता सम्म निदाएर बस्ने प्रहरी प्रशासन ३ करोड  तिरेर मुक्त भएपछी बल्ल सोधखोज गर्न थाल्छन् !!!
हाम्रो नयाँ नेपाल, लोकतान्त्रिक गणतान्त्रिक नेपाल जहाँ यस्तो पनि हुन्छ ! वा सरकार, वा प्रहरी प्रशासन !
उद्यमी पवन संघई अपहरणमा परेको ३ सातापछि फिरौती तिरेर बुधबार बिहान मुक्त भएका छन् । आर्या फर्मास्युटिल्स लगायत कम्पनीका सञ्चालक संघई पुस ७ गते बिहान कमलादी गणेशस्थान नजिकबाट अपहरणमा परेका थिए । फिरौती पाएपछि अपहरणकारीले बिहान ४ बजे डिल्लीबजारस्थित घर नजिकै ल्याई उनलाई छाडेको परिवार निकट स्रोतले जनायो । संघई परिवारका एक नातेदारले बताए अनुसार भारतमा ३ करोड रुपैयाँ भारु दिएपछि अपहरणकारी समूहले उपत्यकाभित्र बाटै उनलाई छोडेका हुन् । अपहरणको सूचना पाएपछि प्रहरीले संघई परिवारका केही फोन नम्बर निगरानीमा राखेको थियो । प्रहरीले निगरानीका नम्बरमा अपहरणकारी समूहले एक सातादेखि फोन गर्न छाडेका थिए । 'परिवारले अर्कै नम्बरबाट कुरा मिलाएर मुक्त गराए' स्रोतले भन्यो । संघईलाई काठमाडौं वरपरकै भिरालो ठाउँमा राखिएको परिवार निकट स्रोतले बतायो । संघईको स्वास्थ्यस्थिति हाल सामान्य छ । मुक्त भएको खबर पाएपछि घर पुगेका महानगरीय अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदी र डीएसपी सोमेन्द्रसिंह राठौरलाई परिवारजनले उनीसँग कुरा गर्न
दिएनन् । 'अनुसन्धानको दायित्व प्रहरीहरूको हो, यहाँबाट जानुस् र आफैं पत्ता लगाउनुस्,' परिवारलाई उद्धृत गर्दै स्रोतले भन्यो । परिवारका अरू कोही समेत कुरा गर्न तयार नभएपछि अधिकृतद्वय केही मिनेटमै फर्केका थिए । 'परिवार कुरा गर्न इच्छुक नभएपछि दबाब दिन पनि भएन,' एसएसपी सुवेदीले भने, 'जसले अपहरण गरेको भए पनि छिट्टै पक्राउ गछौ ।'


यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो ।
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक