20120113

मलेसियामा रोजगारीका लागि गएका पाँच नेपाली कामदारको मृत्यु, उता कतारबाट शुक्रबार घर आएका इटरहीका इन्द्रलाल सरदारले आफ्नै पत्नी दयावतिको हत्या गरेर फरार भए

- रामचन्द्र नेपाल, क्वालालम्पुर
पछिल्लो एक सातामा मात्र मलेसियामा रोजगारीका लागि गएका पाँच नेपाली कामदारको मृत्यु भएको छ । गत २२ पुसमा पासिर गुडाङको डीडी इन्जिनियरिङ कम्पनीमा कार्यरत सोमबहादुर तामाङ सुतेकै ओछ्यानमा मृत भेटिए । रातिको खाना खाएर सुतेका तामाङले मुटु खुदेको बताएपछि उनका सहकर्मीले तत्काल अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सले तामाङको हृदयघातका कारण मृत्युृ भएको जनाएका छन् । तामाङको स्थायी ठेगाना कञ्चनपुरको कालिक गाविस-२ भएको खुलेको छ । यस्तै गुल्मी घर भई क्यामरुन हाइलैण्डको गार्डेनमा कार्यरत रामवहादुर खड्काको पनि उपचारका क्रममा ज्यान गएको हो । पुस १८ गते ड्युटी गरेका खड्का
अचानक बिरामी परेपछि कम्पनीले नजिकैको अस्पताल लगेर उपचार गराएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि इपो अस्पतालमा रेफर गरिएका खड्काको उपचारकै क्रममा ज्यान गएको हो । खड्काको शव बिहीवार नै नेपालपठाइसकिएको छ । उता कतारबाट शुक्रबार घर आएका इटरहीका इन्द्रलाल सरदारले आफ्नै पत्नी दयावतिको हत्या गरेर फरार भएका हुन । बिहान आठ बजे घर पुगेका इन्द्रलाले मध्याहन श्रीमतिको घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन । सामान्य विवादपछि इन्द्रलाले प्रयोग गरेको हतियारले उनकी श्रीमतिको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनापछि फरार इन्द्रलालका आफन्तलाई सोधखोजका लागि पक्राउ गरेको छ । यसैबीच वेलकोट गाविस-६ नुवाकोटका राजुराम गजुरेलले झुण्डियर आत्महत्या गरेका छन । क्यामरुन हाइलैण्डको रिङलेट वातुतिगातिगामा रहेको गोल्डेन माउण्टेन नर्सरी र्फममा कार्यरत गजुरेलले झुण्डिएर आत्महत्या गरेका हुन । राजुको शव उनी बस्ने गरेको होस्टेल नजिकैको जंगलको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । आत्महत्याको कारण खुल्नसकेको छैन । गजुरेल १५ महिनाअघि मलेसिया आएका थिए । उता मलेसियाकै सेरेम्वान नजिकै रहेको युरोमेन फर्निचर कम्पनीमा कार्यरत याक्युला-८ खोटाङका २२ वर्षीय टिकावीर खड्काको शव पोखरीमा फेला परेको छ । कम्पनी नजिकै रहेको पोखरीको डिलमा उनी मृत अवस्थामा भेटिएका हुन् । उनको कपडा र मोबाइल भने पोखरीको डिलमा फेला परेको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको उनका सहकर्मी शेरवहादुर खड्काले जानकारी दिए । यस्तै ओखरेनी- ५ रामेछाप घर भई पेनाङको गोल्डन फिसमा कार्यरत महेन्द्र तामाङको सुतेकै अवस्थामा ज्यान गएको छ । सदाझैँ नियमित काम सकेर होस्टलमा आएका महेन्द्र पेट देखेको भन्दै सुतेकामा बिहान मृत भेटिएका थिए । चार वर्षअघि फिस लिडर इम्प्लोइमेण्ट सर्भिस प्रालि बानेश्वरबाट रोजगारीका लासग तामाङ मलेसिया पुगेका थिए। तामाङको शव पोष्टमार्टमका लागि पुलाउ पेनाङस्थित सेन्ट्राजया अस्पतालमा राखिएको छ ।
यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो ।
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ । Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक