20120113

अमेरिकामा नेपालमा भन्दा बढी फोहोरी राजनीति गर्ने, खुट्टातान्ने, इर्स्या गर्ने नेपाली मात्र छैनन यहाँ केही यस्ता गर्ब गर्न लायक नेपाली हरु पनि छन र जसबाट केही सिक्नु जरुरी छ !

नेपाल मदर डट कम् का सल्लाहकार समेत रहेका हाम्रा परम मित्र हरी शर्मालाई एक पटक खुल्ला हृदयबाट बधाई र आगामी दिनमा अझ सफलताको कामना पनि ।
अमेरिकामा खुट्टातान्ने, इर्स्या गर्ने, नेपालकै जस्तो लाज पचेको राजनीति गर्ने, नेपालमा भन्दा बढी फोहोरी राजनीति गर्ने नेपाली मात्र छैनन यहाँ केही यस्ता गर्ब गर्न लायक नेपाली हरु पनि छन र जसबाट केही सिक्नु जरुरी छ नेपाली समुदायले । कङ्रेस का दुईवटा जनसंपर्क समिती, गुट उपगुट, एमालेको त्यहिचाला, राजाबादी राष्ट्रबादीको पनि उस्तै छ चाला, अमेरिकामा बसेर माओवादीका लागि लबिङ गर्ने देखी मधेशबादी र अन्य दलको राजनीति गर्ने, राम्रो कुरा गर्न नसक्ने, नेपालकै फोहोरी राजनीति गर्दै चर्का चर्का भासण गर्ने,  हरेक जात जाती, जिल्ला, नगर, अञ्चल, क्षेत्रका आफ्नै संगठन, हर कुरामा राजनीति, भँडुवा राजनीति गर्ने नेपालीहरुलाई यो समाचार एउटा गतिलो पाठ बनोस, अमेरिकामा बसेर गर्नेहो भने यसरी अमेरिकन राजनीतिनै गर्नु नि,  नेपालीले केही राम्रो कुरा पनि सिकुन हाम्रो यही चाहना अनुसार यो समाचारलाई महत्वका साथ प्रकाशन गर्दैछौँ । 
भर्जिनिया, अमेरिकामा सत्तारुढ दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्वमा एक नेपाली पुग्न सफल भएका छन् । राष्ट्रपति बाराक ओबामाको दल डेमोक्रेटिक पार्टीको भर्जिनिया राज्यको लाउडन
काउन्टीको स्थानीय नेतृत्वमा यसरी पहिलोपटक नेपाली मूलका चार्टर एकाउन्टेन्ट, समाजसेबी हरि शर्मा सर्वसम्मतरुपमा पार्टीको कोषाध्यक्षको पदमा पुगेका हुन्।गत शनिबार भएको सोही काउन्टीको डेमोक्रेटिक पार्टीको स्थानीय तहको निर्वाचनमा शर्मासँगै प्रतिस्पर्धामा रहेका अन्य दुई उम्मेदवारले शर्माको समर्थनमा आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्। उनी विगत १३ बर्षदेखि डेमोक्रेटिक पार्टीमा सकृय छन्। गत राष्ट्रपति निर्वाचनमा बाराक ओबामाको पक्षमा उनी निकै सकृयतापूर्वक चुनाब प्रचार प्रसारमा संलग्न थिए। सोही पार्टीको स्थानीय नेतृत्वमा सर्वसम्मत भएपछि ग्लोबनेपाल डट कम सँग कुरा गर्दै शर्माले भने, अवसरको यो भुमि अमेरिकामा आफुले चाहेको गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरणको पहिलो प्रयासको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु। यसमा म एक आप्रवासी नेपालीको नाताले गौरव महसुस गर्दछु। २३ बर्ष अघि उच्चशिक्षा अध्ययनका लागि अमेरिका छिरेका ललितपुर झम्सीखेल पुर्ख्यौली थलो भएका शर्मा यहाँको नेपाली समुदायमा पनि सकृय छन्। पेशाले उनी पब्लिक एकाउण्टेन्ट भएता पनि सामाजिक रुपमा एएनए, एनआरएन लगायतका नेपाली सँघसंस्थामा पनि उनी उत्तिकै कृयाशील छन्। सहयोगी र मिलनसार व्यक्तित्वका धनी शर्मा अमेरिकी राजनीतिक दलको स्थानीय संगठनको कोषाध्यक्ष जस्तो जिम्मेवार पदमा पुग्ने सम्भवत: हालसम्मकै पहिलो नेपाली मूलका व्यक्ति हुन्। यसपटक स्थानीय पार्टी नेतृत्वको भूमिका आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका कारण पनि निकै महत्वपूर्ण हुनेछ। दुई बर्षे कार्यकालका लागि डेमोक्रेटिक पार्टीका रजिष्टर्ड सदस्यहरुले मात्र मतदान गर्न पाउने स्थानीय तहको निर्वाचनमा अरु मतदाता पनि कोही नेपाली थिए कि भन्ने ग्लोबनेपाल डट कम को जिज्ञासामा शर्मा भन्छन्- लाउडन काउन्टीमा एक हजार भन्दा बढी नेपाली बसोबास गरिरहेको अनुमान छ, तर यहाँको पार्टी राजनीतिमा भने मैले अहिलेसम्म एकजना पनि नेपाली भेटेको छैन। अब शर्माको व्यस्तता अझ बढ्नेछ किनकि पार्टी नेतृत्वभित्र पनि पार्टीका काउन्टी अध्यक्षसहितका दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहेको पाँच सदस्यीय कार्यकारी समिति हुनेछ। जसले पार्टी संगठनका महत्वपूर्ण विषयमा र आगामी राष्ट्रपति निर्वाचनका लागि स्थानीय संगठनलाई सशक्त रुपमा परिचालन गर्नुपर्नेछ। त्यसो त संगठनका अन्य रणनीति पनि पाँच जनाको यही समितिले तय गरेर कार्यसमितिमा प्रस्तुत गर्नेछ। यसका लागि कोषाध्यक्ष शर्मालाई पार्टीले पार्टी सन्चालनका लागि लिसवर्ग भन्ने ठाउँमा छुट्टै कार्यालयको व्यबस्था गरिदिएको छ। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भर्जिनिया राज्यका सिनेटर मार्क हेरिङ र लाउडन काउन्टीका बोर्ड सुपरभाइजरसहित अन्य सिनियर डेमोक्र्याटहरु सहभागी थिए। यसअघि क्यालिफोर्नियामा रहेका नेपाली मूलका रोजर अधिकारीले डेमोक्र्याट पार्टीबाट स्थानीय काउन्सिल सदस्यको उम्मेदवार भएर चुनाव लडेका थिए। अहिले नेपाली मूलका अर्का दर्शन रौनियार आगामी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ(कँग्रेस) को लागि डेमोक्रेटिक पार्टीकै तर्फबाट वाशिंगटन राज्यबाट उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन्। तर पार्टी नेतृत्वमा पुग्ने चाहिं सम्भवत: शर्मा नै पहिलो नेपाली हुन्। नेपाल मदर डट कम् का सल्लाहकार समेत रहेका हाम्रा परम मित्र हरी शर्मालाई एक पटक खुल्ला हृदयबाट बधाई र आगामी दिनमा अझ सफलताको कामना पनि । तपाईंले पनि यो समाचार पढेपछी एक पटक हरी शर्मा जि लाई बधाई दिन चाहनुहुन्छ भने दिन सक्नुहुन्छ वहाँको नम्बर हो 703-307-7151

एउटा सम्बन्धित र नेपाली हरुका लागि गौरब गर्न लायक भिडियो !
हरि शर्मा जो नेपाली अमेरिकन हरुका तर्फबाट गत निर्वाचनमा सक्रिय भै बाराक ओबामालाई सहयोग गर्नु मात्र  भएको थिएन यसरी ओबामा संगै फिल्डमा खटेर ओबामालाई चुनाव जिताउन महत्वपूर्ण भूमिका पनि निभाउनुभएको थियो हेर्नुस् भिडियो आफै यसरी बोल्छ ।


Loudoun County Democratic Committee Elects New Officers

LEESBURG – The members of the Loudoun County Democratic Committee elected new officers at its biannual reorganization and election meeting held Saturday at the National Conference Center in Landsdowne, VA.  The new officers are Evan Macbeth, Chairman; Joe Pabis and Daniel Lloyd, Vice Chairmen; Jenniffer DeNigris-Kalinowsky, Secretary and Hari Sharma, Treasurer.  Over 200 Loudoun Democrats attended and participated in the reorganization meeting.
The new officers expressed a commitment toward cooperation and cohesiveness and outlined the committee’s key mission: to build a strong Democratic grassroots effort in support of Democratic candidates in upcoming local, state and national elections:

“I am humbled and honored to have been elected by Loudoun’s Democrats to serve as Chair of the LCDC,” Evan Macbeth stated, “We have an amazing opportunity, and responsibility, to fight for Democratic values and re-energize Loudoun’s Democratic majority to reelect President Obama, elect Governor Tim Kaine to the United States Senate and send Congressman Frank Wolf to a well-deserved retirement.  The LCDC knows that electing Democrats is the best way to ensure the future progress and prosperity of our country, of Virginia, and of Loudoun County.  Loudoun Democrats stand for dignity, opportunity and justice for all and we will fight alongside those who share our values in pursuit of a brighter future.”

Loudoun’s elected Democratic officials offered their thoughts on the reorganization meeting:

“Now is a great time to be a Democrat in Loudoun County,” said State Senator Mark Herring, “There was positive energy and enthusiasm in the room on Saturday and I am looking forward to working with the new executive committee and membership to grow our party and offer a positive vision for the future of our county, commonwealth and country.”

Stated Senator-elect Barbara Favola, “I am confident that Evan and the new executive committee will provide the leadership and energy necessary to take the Loudoun County Democratic Committee to a new level.”

 "Evan will do a fantastic job," said Leesburg Town Councilman Dave Butler, "I've had the pleasure to work with him and the rest of the executive committee, and I have no doubt that this will be an excellent year for Democrats in Loudoun County."

In addition to the election of committee officers, members elected District Chairs and Vice Chairs for each of Loudoun’s eight magisterial districts, former Sterling District Supervisor Candidate Alfonso Nevarez was elected President of the Loudoun County Chapter of Virginia Young Democrats, and the membership approved the applications of 34 new at-large committee members.

 For more information contact the Loudoun County Democratic Committee by visiting www.loudoundemocrats.org or calling 703-771-3366.

*******************
Respected All: 
We are happy to report you that with your blessing  we have been able to accomplish our victory on the Democratic Party Executive Election for 2012 - 2014.  Voters including but not limited to Democratic State Senator Hon. Mark Herring, Loudoun County Board of Supervisor  and many many Democrats were present to vote for the leadership. 


Please feel free to convey the news to your respected media accordingly.


If you have any questions please feel free to contact us.


Sincerely,


Hari Sharma

Treasurer/Executive Board Member

Loudoun County Democratic Committee, USA


703-307-7151

**********************


Subject: Loudoun County Democratic Committee Elects New Leadership

Dear our friends in the media,

It is my pleasure to provide you with this press release about our
recent reorg meeting. I've also attached two photographs you can use.
The captions for the photographs are as follows:

"LCDC Executives-2012"
LCDC Leadership, elected January 7, 2012
Front row, from left: Lovely Lall, Catoctin District Chair; Denise
Moore Pierce, Algonkian District Chair; Jenniffer DeNigris-Kalinowsky,
LCDC Secretary; Evan Macbeth, LCDC Chair; Hari Sharma, LCDC Treasurer;
Katrina Cole, Leesburg District Chair.
Back row, from left: Joe Pabis, LCDC Vice-Chair; Daniel Lloyd, LCDC
Vice-Chair; Tim Buchholz, Broad Run District Chair; Eileen Bartels,
Sterling District Chair
(Not Pictured, Laurie Penland, Ashburn District Chair; Donna Corbett,
Blue Ridge District Chair; Anjan Chimaladinne, Dulles District Chair)

"LCDC Reorg Voting"
Members vote at the 2012 reorganizing meeting of the Loudoun County
Democratic Committee

Respectfully,

Evan Macbeth

-- 
Evan Macbeth
Loudoun County Democratic Committee
paradox13va@gmail.com

on related news from archive

अमेरिकी Congressman Frank Wolf सँग नेपाली बाबा र टिमको सामुहिक भेटवार्ता र आपसी हितका बिषयमा छलफल !

नेपाली बाबाका कुरा सुन्दा अमेरिकी Congressman Frank Wolf छक्क परेर भने " ए होर ! राम्रो काममा मेरो साथ हुनेछ"
US HOUSE OF REP. HON. FRANK R. WOLF MEETING WITH HIS HOLINESS NEPALI BABA & TEAM
वासिंगटन डिसी, अमेरिका । नेपालमा विगत ३९ वर्षेखि अन्न नखाई जगतको शान्ति र भलोको लागि आध्यात्मिक क्षेत्रबाट अहोरात्र सक्रिय जगदाचार्य नेपाली बाबा -पं. तेजनाथ शर्माले अमेरिका भ्रमणका क्रममा हिजो डिसीमा अमेरिकाका एकजना प्रसिद्ध Congressman  Frank Wolf  सँग वहाँकै कार्यकक्षमा भेटवार्ता गर्नुभयो । अमेरिकामा २२ वर्षेखि बसोबास गर्दै आउनु भएका र एसियन अमेरिकनका बीच लोकप्रिय नेपाली अमेरिकी CPA हरि शर्माले संयोजन गर्नु भएको उक्त भेटवार्ता नेपाली बाबा र Congressman Frank Wolf  दुवैका लागि...
उत्तिकै आनन्दित थियो । साथमा अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष एवं नेपाल मदर डट कमका प्रधान संपादक रामप्रसाद खनाल र भारतीय कम्युनिटीमा चर्चित धार्मिक एवं व्यापारिक व्यक्तित्व नरेश जिन्दल भेटवार्तामा सरिक हुनुहुन्थ्यो ।

नेपाली भइकन, अमेरिकाको राजनितिलाई नजिकबाट र्स्पर्श गरिरहेका र राष्ट्रपति ओवामा सहित अमेरिकी राजनेताहरुसम्म पहुँच भएका, उनीहरुसँग डिनर पार्टीमा समेत समय समयमा सहभागी CPA हरि शर्माले भेटवार्तामा नेपाली बाबाको बारेमा Congressman Wolf समक्ष जानकारी एवं नेपाली बाबाका कार्यको बारेमा जानकारी राख्नु हुँदा Congressman Wolf आर्श्चर्य चकित हुँदै नेपाली बाबाको प्रशंशा र वहाँको कदममा साथ दिने बचन दिनुभएको थियो ।
Congressman Wolf ले नेपालको राजनितिक अवस्था, तिब्बती शरणार्थी समस्या लगायतका विषयमा राखेका चासोको शर्माले जवाफ दिनु भएको थियो । भेटवार्तामा नेपाली बाबाले आफूले नेपालको शान्ति, विश्व शान्ति, विश्वमा बढ्दै गइरहेको तापक्रम बृद्धिलाई नियन्त्रण गर्न वैदिक विधिद्वारा १२/१३ हजार संस्कृतका विद्वानहरुबाट ४० दिनसम्म अहोरात्र संस्कृत पाठ एवं धार्मिक महायज्ञ गर्न गइरहेको र त्यसमा अमेरिकाबाट सहयोगको अपेक्षा राख्नुभयो । भेटवार्तामा रामप्रसाद खनाल र नरेश जिन्दलले पनि आपसी हित, सामूहिक हितका विषयमा चासो राख्नु भएको थियो । भेटवार्तामा Congressman Wolf का निजी सचिवको पनि सहभागिता थियो ।
भेटवार्ताका क्रममा Congressman Wolf ले आफू नेपाल भ्रमण गरिसकेको र नेपाल अत्यन्त सुन्दर देश भए पनि हाल केही राजनितिक समस्यामा फसेको, त्यसलाई आफूले नजिकबाट नियालीरहेको, चिनको राजनितिले नेपाललाई, तिब्बतीहरुलाई असर गरिरहेको बताउनुभयो ।
 सोही अवसरमा नेपाली बाबाले Congressman Wolf लाई नेपाल भ्रमणको निम्तो पनि दिनुभयो । Wolf हाल भर्जिनियाबाट निर्वाचित Congressman हुनुहुन्छ । वहाँ १५ कार्यकाल अर्थात ३० वर्ष Congressman भई हाल १६औं पटक निर्वाचित Congressman बनिरहनु भएको छ । रिपब्लिकन पार्टी भित्र अत्यन्त लोकप्रिय वहाँ भावी राष्ट्रपतिको उमेद्वारका रुपमा पनि चर्चित हुनुहुन्छ । भेटवार्ता अत्यन्त सौहार्दपर्ूण्ा रुपमा सम्पन्न भएको थियो । नेपाली बाबाका भविष्यवाणी पूरा भएका घटना विवरण, विश्व शान्तिका लागि वहाँले ११ हजार पण्डितद्वारा गरेको महायज्ञ लगायतका गतिविधि हरि शर्माले जानकारी गराउदा Wolf अत्यन्त जिज्ञासु बनेर प्रश्न गर्दै र जिज्ञासा मेट्दै देखिन्थे ।


यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो ।
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक