20120106

केपी ओली, बामदेब, इश्वर पोखरेल यसरी एक साथ खनिए माओवादी माथि, "माओवादीले शान्ति प्रक्रियालाई कमाइखाने भाँडो बनाए" "माओवादीले चुप लाग्नूस् नत्र शान्ति प्रक्रिया भाडिन्छ भन्छ'"

माओवादीले देश लुट्दा पनि टुलुटुलु हेरेर कति बस्ने?'


नेकपा एमालेका प्रभावशाली नेता नेता केपी ओलीले माओवादीले शान्ति प्रक्रियालाई कमाइखाने भाँडो बनाएको बताउनु भएको छ । बागलुडमा भएको अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो– 'देश विशिष्ट परिस्थितिमा रहेको मौका छोपी माओवादीले विभिन्न बार्गेनिङ गरेर गरिब जनताको पसिनामाथि रजाई गर्न खोजेको छ।' माओवादीले हुदै नभएका लडाकुको नाममा रकम निकासा गरेर देश र जनतालाई चुसेको छ'– ओलीले भन्नुभयो– 'जनताले दुःख गरेको कमाएको पैसामा माओवादीले ब्रम्हलुट मच्चाएको छ।' माओवादीविरुद्ध कुनै कुरा बोले शान्ति प्रक्रिया भाँडिन्छ भन्ने धम्की दिने गरेको भन्दै ओलीले शान्ति प्रक्रिया भाँडिन्छ भनेर मान्छेको हत्या गर्दै हिड्न माओवादीलाई छुट नभएको बताउनुभयो। 'गल्ती गर्नेलाई कारबाही गर न भन्दा माओवादीले चुप लाग्नूस् नत्र शान्ति प्रक्रिया भाडिन्छ भन्छ'– ओलीले भन्नुभयो– 'के अब एमाले माओवादीले लडाकुका नाममा देशलाई लुट्दा पनि टुलुटुलु हेरेर कति बस्ने?'

वर्तमान सरकारलाई तिखो व्यङग्य गर्दै उहाँले यो सरकारले पनि देशमा कुनै ठूलो काम गर्न नसकेको भन्दै उहाले काम गरेको छु भनेर मख्ख नपर्न आग्रह गर्नुभयो। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकै पालामा माओवादीले हतियार र लडाकु सरकारलाई हस्तान्तरण गरिसकेको भन्दै भट्टराईको पालामा हतियार सरकारलाई बुझाइयो भन्नु गलत भएको बताउनुभयो। 'बाबुरामजीले सबै मेरा पालामा भएको हो, अरू प्रधानमन्त्रीले केही गर्न सकेनन् भन्दै हिड्नुभएको छ'– आफ्नो मौलिक शैलीमा उहाले भन्नुभयो– 'कहिले देखि उहाँले सन् २०१२ पनि मेरै पालामा आएको हो, अरू प्रधानमन्त्रीका पालामा आएको थिएन भन्दै हिड्न बेर छैन।'
सोही कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले पहिला भारतको खुलेर विरोध गर्ने प्रधानमन्त्री भट्टराई पछिल्लो समय भारतलाई खुसी पार्न जस्तोसुकै काम गर्न पनि तयार हुने गरेको आरोप लगाउनुभयो। प्रधानमन्त्री भट्टराईले भारतलाई खुसी पार्नकै लागि बिप्पा सम्झौता गरेको आरोप पनि लगाउनुभयो। 'बिप्पा सम्झौता भारतकै प्राथमिकता हो'– गौतमले भन्नुभयो– 'होइन भने जुन देशले भारतमा लगानी गर्ने अवस्था छैन, उही देशले बिप्पा सम्झौता गर्नुको अर्थ के हुन्छ?' वर्तमान सरकारका पालामा कर्मचारी सरुवा र बढुवामा सबैभन्दा धेरै आर्थिक लेनदेन भएको उहाको तर्क थियो ।
कार्यक्रममा बोल्दै महासचिव ईश्वर पोखरेलले केन्द्रमा देखिएको अन्तरसङ्घर्षका कारण पार्टीको सङ्गठन कमजोर हुदै गएकाले अहिले पार्टी एक भएको बताउनुभयो। '
विगतमा भए–गरेका गल्तीको समीक्षा गर्दै नेताहरूले एक भएर अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभएको थियो। 'अब एमाले हिजोभन्दा सुदृढ भएर अघि बढ्छ।' समावेशीका नाममा पार्टी उपभोक्ता समिति जस्तै हुदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाले दक्षता र क्षमताका आधारमा पार्टीको सदस्यता प्रदान गर्नुपर्ने बताउनुभयो। 'अब जो पायो त्यही एमालेको कार्यकर्ता हुन सक्दैन'– पोख्रेलले भन्नुभयो– 'एमालेको कार्यकर्ता बन्नका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्छ।'
धौलागिरि अञ्चल समन्वय कमिटीले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य श्रीमाया थकालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत बाग्लुङ जिल्ला अध्यक्ष जनक पौडेलले गर्नुभएको थियो भने सञ्चालन अञ्चल सचिव भूपेन्द्र थापाले गर्नुभएको थियो। कार्यक्रममा उहाँहरूका साथै सचिव शङ्कर पोखरेलले पनि प्रशिक्षण दिने बताइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक