20120114

एउटा ध्यान दिएर हेर्नै पर्ने डर लाग्दो भिडियो, जसले धेरै कुरा बताइरहेको छ, सिकाइरहेको छ सबैका लागि, हेर्नुस् !

दाङमा शनिबार बिहान बस र ट्रक ठोक्किदाँ बस चालकको मृत्यु भएको छ भने १० जना घाइते 
तुलसीपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ५२८२ नम्वरको बस र बुटवलबाट घोराहीतर्फ आउँदै गरेको ना२ख ६८०७ नम्बरको ट्रक लक्ष्मीपुर-६ बरगदुवा चोकमा ठोक्किदाँ बस चालक रामपुर-६ निवासी शम्भु
पोख्रेलको ज्यान गएको हो। उनको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा गोवरडिया-८ निवासी देवीप्रसाद चौधरी, रोल्पा लिवाङ-८ का मधु गिरी, ट्रक चालक नारायपुर ३ का बलबहादुर वाँठा मगर गम्भीर घाइते भएका छन्। तीमध्ये तीन जनाको नेपालगञ्ज उपचार भैइरहको छ। त्यस्तै दुर्घनामा परी घोराही ११ का भिमसेन ठकुरी, नारायणपुर-७ का मदन वली, रामपुर-६ माधव सुवेदी, रुकुम खलङगाका यमप्रसाद देवकोटा, सल्यान खलगा १ का बुद्धिमाया बुढाथोकी, घोराही ६ का मधुसुधन शर्मा र रामपुर ६ का क्षितीज केसी घाइते भएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक