20120115

२०५५ सालको माघे सक्रान्तीमा यही रिडी मा मैले नेपाल टेलिभिजन र रेडियो नेपालका मेरा सहकर्मी दर्जनौं कलाकारहरु लिएर ३ दिन सम्म कार्यक्रम गरेको थिएँ त्यस पछी भने म मेरो यो प्यारो रिडी र माघे सक्रान्ती मेला हरेक बर्ष मिस गरिरहेको छु !


बेत्रावतीमा गोरु जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ
नुवाकोट जिल्लाको तारुका र गेर्खु गाविसको बेत्रावतीमा गोरु जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । तारुका गाविसमा सय वर्ष भन्दा लामो समयदेखि हुँदै आएको गोरु जुधाएर माधे सङ्क्रान्ति मनाउने
परम्परलाई यसवर्ष पनि निरन्तरता दिदै तारुका-५ चन्दनीमा नौँ हल गोरु जुधाइएको छ । उता बेत्रावतीमा भने पाँच हल गोरु जुधाइएको छ ।
तारुका मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाका अनुसार कृष्णबहादुर अधिकारी, शिवदास श्रेष्ठ, प्रकाश रेग्मी लगायतकाको गोरु विजयी भएको छ । विजेता गोरु धनीलाई नगद रु. एक हजार र उप विजेता गोरु धनीलाई रु. ५ सय पुरस्कार समेत प्रदान गरिएको छ । गोरु जुधाई हेर्न उर्जामन्त्री तथा एकीकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटी पनि आउनुभएको थियो । गोरुको लडाई हेर्नकै लागि २० हजार भन्दा बढीको सहभागिता रहेको अनुमान आयोजन समितिका सचिव शिवप्रसाद पनेरुको छ ।
गोरुले प्रतियोगिता जितेको खण्डमा गाउँमा आफ्नो फुर्ति बेग्लै हुने भएकोले पनि तारुका र धादिङ्ग जिल्लाको खाल्डे गाविसका किसानहरूले गोरु पालनमा विशेष ध्यान पुर्‍याउने गरेका छन् । समितिले लडाईमा घाइते हुने र मृत्यु हुने गोरुका धनीलाई क्षतिपुर्तीको समेत व्यवस्था गरेको छ ।
बझाङ्गी राजा जयपृथ्वीवहादुर सिंह तारुका-५ चन्दनी स्थित मामाघर आउदा भानिजलाई मनोरञ्जन दिन उनका मावालीले बाजागाजा सहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्याम र खेल जात्रा बनेको हो । स्थानिय झिङ्गटी घरवाट सुरु भएको उक्त खेल परम्परा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिन्छ । माघे सङ्क्रान्तिमा आफुले पालेको साँढे जुधाए नाम कमाउने धुनमा गाउँलेहरू आफू गुन्द्रुक खाएर गोरुलाई मास खुवाई पाल्छन् ।
दशै तिहार जस्ता हिन्दु नेपालीहरूको महत्वपुर्ण चाडपर्वमा समेत घर नर्फकनेहरू माघे संक्रान्तिमा भने साँढेको लडाई हेर्न घर आउने चलन यहाँ रहेको छ । तारुकामा हुन लागेको गोरु जात्राले आन्तरिक तथा बैह्य पर्यटकलाई मनोरञ्जनको लागी गतिलो माध्याम हुनसक्ने तारुकावासीको भनाई रहेको छ । विगत केही वर्षदेखि नुवाकोट, धादिङ्ग, रसुवा, काठमाडौँ लगायतका जिल्लाबाट दर्शककोहरूको उपस्थिति वढ्न थालेपछि जात्रा व्यवस्थापनको लागि आयोजकले सयौको संख्यामा स्वयम्सेवकहरू समेत खटाउने गरेको छ । गाउँलेहरूले गएको सालबाट आफ्नो अलिअलि जग्गा सहयोग गरेर गोरु जात्राको लागि मैदानको समेत जोहो गरेका छन् । १२ रोपनीको वारीको पाटो गोरु जुधाउन छुट्टयाइएको जानकारी स्थानिय जनक आलेले दिएका छन् ।

तस्वीर: कपिलदेव खनाल र विकाश श्रेष्ठ/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक