20120115

एमालेका बारेमा विवादास्पद टिप्पणीहरू : 'न केटा न केटी' , ' न भाले न पोथी' , एमालेकै कतिपय नेताले समेत आफ्नो "एमाले पार्टी कम्युनिष्ट हो वा नेपाली कांग्रेसजस्तो प्रजातन्त्रवादी "

 एमालेका बारेमा बेलाबेलामा विवादास्पद टिप्पणीहरू हुने गरेका छन्। एमालेकै कतिपय नेतालेसमेत आफ्नो पार्टी कम्युनिष्ट हो वा नेपाली कांग्रेसजस्तो प्रजातन्त्रवादी भनेर प्रश्न उठाउने गरेका छन्। २०५७ साल तिर त
नेता प्रदीप नेपालले एमालेको नामबाट 'कम्युनिष्ट' शव्द हटाउनु पर्ने र पार्टीको नाम फेर्नु पर्ने प्रस्ताव नै गरेका थिए। त्यसयता एमालेबार थरिथरि धारणा आउने गरेका छन्। अहिलेका प्रधानमन्त्री रहेको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभाको चुनावको छेउछाउमा एमालेलाई ' न भाले न पोथी' को संज्ञा दिएका थिए। अहिले अर्का पाका कम्युनिष्ट नेताले फेरि एमालेलाई त्यस्तै संज्ञा दिएका छन्। कम्युनिष्ट राजनीतिमा लामो समयदेखि सक्रिय रहेर पनि भक्तपुर जिल्लामाभन्दा अन्यत्र संगठनको प्रभावकारी विस्तार गर्न नसकेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हालै एमाले 'न केटा न केटी'को संज्ञा दिएका हुन्। हुन त एमालेका बारेमा यस्तो टिप्पणी गर्नुपर्ने कारण एउटै हो, एमाले कुनै पनि मुद्दामा कहिल्यै स्पष्ट देखिँदैन। सधैंजसो ढुलमुले पारा देखाउने एमालेले सधैं नै जसो आफूलाई मध्यमार्गी भूमिकामा राख्दै आएको छ। मुलुकको भावी शासनव्यवस्था कस्तो हुने भन्ने विषयको विवादमा पनि एमाले मध्यमार्गमै देखिएको छ। आफूलाई कम्युनिष्ट भन्ने गरेपनि एमालेले राष्ट्रपतीय शासनमा जाने आँट गरेको छैन। एमाले विश्वकै त्यस्तो पार्टी हो, जो आफूलाई कम्युनिष्ट भन्न रुचाउँछ तर व्यवहार प्रजातन्त्रवादीहरूको जस्तो देखाउँछ। कार्यकारी अधिकार सहितको प्रत्यक्ष राष्ट्रपतीय प्रणाली हुनुपर्ने माओवादीको अडानमा एमालेले पनि साथ दिने हो भने सजिलै शासन व्यवस्थामा आमूल परिवर्तन हुन सक्छ। तर एमाले नेपाली कांग्रेसले जस्तो संसदीय व्यवस्था नै चाहिरहेको छ। राष्ट्रपति सेरेमोनियल र कार्यकारी प्रधानमन्त्री हुने अहिलेकै जस्तो प्रणाली एमालेको माग हो। यद्यपित एमालेकै केही नेता प्रधानमन्त्रीको चुनाव प्रत्यक्ष हुनुपर्ने धारणा राख्छन्। त्यसो त नेपाली कांग्रेसका प्रदीप गिरी, नरहरि आचार्यले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा उठाउन थालेका छन्। मुलुकमा भावी शासकीय व्यवस्थाका विषयमा व्यापक बहस चल्न थाले पनि एमालेले अझै आफूलाई क्लियर गर्न नसकेकै कारण नेमकिपा अध्यक्षले उसलाई 'न केटा न केटी' को संज्ञा दिएका हुन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक