Exclusive news from Bhairahawa Nepal ....

पूर्व मन्त्री तथा सदभावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष र सभासद् श्यामसुन्दर गुप्ता आज भैरहवाबाट गिरफ्तार गरी काठमाडौँ ल्याइएको छ। सिद्धार्थ नगरपालिका वार्ड न.५ बैंक रोडस्थित आफ्नै निवासबाट उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतले जनाए अनुसार व्यापारी पवन संघाइको अपहरणको मुख्य योजनाकार रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई समातेको हो। संघाई अपहरणको आरोपमा हेटौडा पदमपोखरीका विकास लामा भन्ने जितबहादुर गोले र काभ्रेका आकाश लामालाई प्रहरीले हिजो हेटौडाबाट पक्राउ गरेको थियो। दुवैबाट प्रहरीले साढे पाँच लाख रुपियाँ बरामद गरेको थियो। महाशाखा स्रोतका अनुसार उनीहरुले संघाईलाई काठमाडौँ कमलादी गणेशस्थानबाट अपहरण गरी काभ्रेको सूर्यखर्कमा रहेको एक घरमा २० दिन बन्धक बनाई छाडेका थिए। अपहरणकारीले संघाई परिवारसँग ८५ लाख फिरौती लिई अपहरणमुक्त गरेपछि पुस २७ गते संघाई आफै घर
आएका थिए।
प्रहरीका अनुसार गुप्ताले लिएको फिरौती रकममध्ये सहयोगीहरुलाई चार- चार लाख बाँडेका थिए।
उनीहरुले प्रहरीलाई बयान दिँदा गुप्ताको संलग्नता देखिएपछि हिजै बेलुकी उनलाई पक्राउ गर्न महाशाखाले टोली खटाएको थियो। सोही टोलीले भैरहवा प्रहरीको सहयोगमा आज मध्याह्न उनलाई पक्राउ गरेको हो। गुप्तालाई भैरहवाबाट विमानमा राखी साँझ साढे ६ बजे काठमाडौँ ल्याउने भनिएकोमा मौसमका कारण सबै उडान रद्द भएपछि प्रहरीले स्थलमार्गबाट ल्याउँदैछ।
सभासद गुप्ता फौजदारी अभियोगमा पक्राउ परेको जानकारी सभामुखलाई दिइएको संसदस्थितस्रोतलाई उदृत गर्दै माधव ढुङ्गेलले जनाएका छन्।
संसदको बैठक जारी रहेको बेला पनि सभासदलाई सुरक्षाकर्मीले फौजदारी अभियोगमा पक्राउ गर्न सक्ने अधिकार छ। यसरी पक्राउ परेको जानकारी सभामुखलाई दिनुपर्ने व्यवस्था छ। पक्राउको लिखित जानकारी भने भोलि प्रहरीले पठाउने छ। गुप्ता आपूर्ति मन्त्री रहिसकेका छन्।
गत पुस १४ गते बिहान साढे ५ बजे काठमाडौँको कमलादी गणेशस्थानमा दर्शन गर्न गएको बेला अपहरणमा परेका संघाई दुई सातापछि आफै फर्किएका थिए। उनलाई मुक्त गर्न अपहरणकारीले १० करोड रुपियाँ फिरौती मागेको सार्वजनिक भएको थियो।
This is new nepal...so who did wrong thing they will be announced as a winner.....great nepal:-):-):-)
ReplyDelete