20120117

तिन दिन देखि १० दिन सम्मको होलिडे प्याकेज, एक हजार भन्दा धेरै कर्मचारीले कामगर्ने जहाज दुर्घटना ग्रस्त, धेरै लापत्ता

इटालीमा दुर्घटना भएको जहाजमा चार नेपाली  

-  सुजन अभागि , कोस्टा कोनकोरडिया नामको बिशाल पानी जहाज शुक्रबार राती ईटालिको गिग्लिओ टापु नजिकै दुर्घटनाग्रस्त भई डुबेको छ । ईटालीको रोम नजिकैको बंदर्गा सिवीटावेशियाबाट हिंडेको जहाजमा ४,२३४ यात्रु सवार थिए  । ६० देशका यात्रु बोकेको सबै सेवा सुबिधा युक्त लक्जरि जहाजमा चारजना नेपालीहरु थिए
काठमाण्डौ निवासि  कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलकी छोरी रुपा पौडेल भटराई ज्वाँई प्रकाश भटराई नाति प्रजल र रोहन भटराई दुर्घटना हुदा  जहाजमा रहेको राजदूत पौडेलले जानकारी दिनु भएको छ । परिवारका चारै सदस्य बाँच्न सफल भए र उनिहरु अहिले सुरक्षित छन । उनिहरु हाल रोमको कुनै होटेलमा छन । अगाडिको यात्राको लागि आबश्यक कागजात र सबै समान जहाजसँग डुबेका छन । म यो घटनाले धेरै दुखी र चिन्तित थिए र प्रचार गर्ने मूडमा थीईन पौडेलले भन्नु भयो । राजदुतका परिवार छुट्टि बिताउनको लागि उक्त जहाजमा घुम्न जानु भएको थियो । यो जहाजमा तिन दिन देखि १० दिन सम्मको होलिडे प्याकेज हुन्छ ।
एक हजार भन्दा धेरै कर्मचारीले कामगर्ने  जहाज दुर्घटना ग्रस्त हुदा अहिले सम्म पाँच जनाको मृत्‍यु भएको छ । १४ जना घाईते छन भने ४० भन्दा धेरै लापत्ता छन ।
जहाजको दुर्घटना ढुङ्गा सँग ठोकिएर भएको थियो । सानो बिस्पोटको आवाज आए पश्चात जहाजको एक तर्फ बिस्तारै बिस्तारै डुब्न थालेको थियो । ढुङ्गा सँग ठोकिदा जहाजको तल्लो सतहबाट पानी भित्र पसेको अनुमान गरिएको छ ।  गिग्लिओ टापुको किनरामा जहाजको ९० प्रतिसत डुबेको छ । यात्रुहरुलाई जिबनरक्षक साना बोड र हेलीकप्टरबाट उद्धार गरिएको थियो । इटालीका ठुला शहरबाट उद्धार टोली समयमाइ पुग्न सकेको र टापुको किनरा नजिक भएकोले ठुलो मानबिय छेती नभएको इटालियन सरकारले बताएको छ । मृत्‍यु हुनेहरु ज्यान बच्चाउनको लागि प्रसान्त महासागरको चिसो पानीमा जम्प गरेको कारण चिसोको कारणले भएको श्रोतको दाबी छ ।
कोस्टा कोनकोरडिया २९० मिटर लामो र ३५ मिटर चौडाइ भएको जहाज २००६ बाट सुचारु गरिएको थियो । ३७,०० यात्री र ११०० कर्मचारी गरी  छेमता भएको जहाज एक घण्टामा ४३ किलोमिटर को स्पिडले दौडथ्यो।
जहाजमा बिभिन्न खेलकुदका मैदान र चार वटा स्विम्मिङ पूल, पाँच रेस्टुरेन्ट १३ बार हेल्थ क्लब, नाइट क्लब बच्चाहरुको लागि खेल्ने ठाउँ र बाफले नुहाउने र जहाज भित्रै बालुवामा सुतेर घामको मजा लिने सकिने ब्याबस्था पनि थियो ।
मनोरजनको लागि ३ वटा सिनेमा हल, क्यासिनो, डिस्को ईन्टरनेट क्याफे र बिभिन्न किसिमका पेले स्टेशन थिए ।
यात्रुहरुले जहाज डुब्ने दृश्य टाइटैनिकको जस्तो रहेको बताएका छन । कोस्टा कोनकोरडिया टाइटैनिक डुबेको ठीक १०० बर्ष पछी डुबेको छ । टाइटैनिक १९१२ मा डुबेको थियो र १४९६ जनाले ज्यान गुमाएका थिए ।   

     
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक