20120120

बाबुराम सरकारमा रहेका यी हत्यारा राज्यमन्त्री दोङ नक्कली नम्बर प्लेट प्रयोग गरी रक्तचन्दन तस्करीमा समेत संलग्न रहेको आशँका, कानुनी राज्यको उपहास !

ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले चमेलिया जलविद्युत् कम्पनीको १०३१ नम्बरको गाडी चारवटा फरक-फरक लट र प्लेट प्रयोग गरी चढेको पाइएको छ। चमेलियाको १०३१ नम्बरको गाडीमा
बा१झ लट कायम गरी मन्त्री चढ्ने प्लेट बनाइएको छ। सोही नम्बरमा बा६झ लट कायम गरी सरकारी निजी र कूटनीतिक प्लेट राखिएको छ। सो गाडीको सक्कली नम्बर प्लेट भने बा६च १०३१ रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
बिहीबार राज्यमन्त्री दोङका कार्यकर्ता चढेर प्राधिकरणमा आएको अवस्थामा नेविप्रा कर्मचारी युनियन र कर्मचारी संघले गाडी समातेका हुन्। राज्यमन्त्रीलाई सुविधाका लागि दिइएको गाडी कार्यकर्ताले चढेको देखेपछि समातिएको थियो। यस विषयमा थप जानकारी लिन खोज्दा ऊर्जा सचिव तथा प्राधिकरण संचालक समितिका अध्यक्ष बालानन्द पौडेलले राज्यमन्त्रीको गाडी बिग्रेकाले बनाउने अवधिसम्मका लागि मात्र उक्त गाडी दिइएको बताउनुभयो। ऊर्जा सचिव पौडेलले भन्नुभयो- 'आफ्नै विभागीय राज्यमन्त्रीबाट यतिसम्मको चरम दुरुपयोगको कल्पना गरिएको थिएन।’ ऊर्जामन्त्री पोस्टबहादुर बोगटीले पनि चमेलियाकै बा६च १००९ नम्बरको गाडी चढ्दै आएका छन्। साथै मन्त्रीकै स्वकीय सचिवले पनि मध्यमस्र्याङ्दीको बा४च ४०५२ नम्बरको गाडी चढ्दै आएको पनि प्राधिकरणले जनाएको छ। मन्त्रीलाई सम्बन्धित मन्त्रालयले गाडी उपलब्ध गराउने प्रावधान रहे पनि प्राधिकरणका गाडी दुरुपयोग गरेर किन दिइयो भन्ने समाचारपत्रको प्रश्नको जवाफमा प्राधिकरणका उप-कार्यकारी निर्देशक लवबहादुर घिमिरेले विभागीय राज्यमन्त्रीलाई साचालक समितिको मागअनुसार केही दिनको लागि मात्र गाडी दिइएको बताउन’भयो। 'राज्यमन्त्रीले नै सुविधाको दुरुपयोग गर्छन भने साचालक समिति मौन बस्न हुँदैन’ - उपकार्यकारी निर्देशक घिमिरेले भन्नुभयो।

'कुनै पनि जलस्रोत तथा ऊर्जा मन्त्री-राज्यमन्त्रीले यतिसम्मको सुविधाको दुरुपयोग गरेको पाइएको थिएन’ -युनियनका अध्यक्ष रिमालले भन्नुभयो। यातायात व्यवस्था ऐन-२०४९ अनुसार यसरी एउटै गाडीमा फरक प्लेट प्रयोग गनु्र गैरकान’नी मानिन्छ। सरकारी स’रक्षाको दृष्टिले कहिलेकाहीँ फरक-फरक प्लेट प्रयोग गर्ने गरिन्छ। तर उहाँले कस्तो नियतले प्रयोग गनु्रभयो विस्तृत नब’झी भन्न नसकिने नेपाल प्रहरीका प्रवक्ता विनोद सिंहले बताउनुभयो।

राज्यमन्त्री दोङले दुरुपयोग गरेको गाडी गत महिना मात्रै १ लाख ६५ हजार रुपियाँ खर्च गरेर मर्मत गरिएको थियो। अगाडिको बम्पट उप्किएको ठाउँ-ठाउँमा कोरिएको र सिटहरुमा जुटका बोरा ओछ्याइएको अवस्थामा गाडी समातिएको थियो। प्राधिकरणका चालकलाई भने राज्यमन्त्रीले नै धम्क्याएर चलाउन नदिएको चालकले बताए। सो गाडीमा राज्यमन्त्रीकै चुल्ठे मुन्द्रे कार्यकर्ताले रक्तचन्दन तस्करी गरेको हुन सक्नेसमेत आशंका गरिएको छ। दोङ काभ्रेपलाचोक जिल्ला क्षेत्र नम्बर १ बाट एनेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित सभासद ह’न्। यस्ता भ्रष्ट मन्त्रीको संविधानसभाको सदस्यता नै खारेज गनु्रपर्ने कर्मचारीहरुले माग गरेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक