20120120

नमच्चिने पिङ को सय झड्का भनेको यही होइन र ? : माओवादी नेताहरु सस्तो लोकप्रियताका लागि जे पनि बोल्छन जे पनि गर्छन् भन्ने कुरा लाई प्रधानमन्त्री बाबुराम भट्टराईले पनि यसरी पुस्टि गरे !


प्रधानमन्त्री डा. बाबुराम भट्रराईले द्वन्द्वकालमा माओवादीको ‘जनसत्ता’ले गरेको जग्गासम्वन्धि कामलाई मान्यता दिने निर्णय तत्कालका लागि स्थगित गर्ने संकेत गर्नु भएको छ । विभिन्न जिल्लामा सदस्या देखिएपछि सरकारले निर्णय गरेको भन्दै उहाँले सर्वोच्च अदालतले समेत कार्यान्वयन नगर्नु भनिसकेकाले निर्णय तत्कालका लागि स्थगित गर्ने बताउनु भयो । कांग्रेसका नरहरी आचार्य र गगन थापा, एमालेका रविन्द्र अधिकारी र योगेश भट्टराई, तमलोपाका जितेन्द्र सोनार लगायतका युवा नेताहरुसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री भट्टराईले भन्नुभयो-’सामान्य समस्याहरु आएपछि निर्णय गरेको हुँ । तर, यो शान्ति र संविधानमा
प्रतिउत्पादक होला भन्ने लागेको थिएन ।’ शान्ति र संविधान निर्माणमा नै अवरोध गर्ने गरी निर्णय नगरिएको प्रधानमन्त्री भट्टराईले आफ्नो बचाउ समेत गर्नु भएको छ । उहाँले सरकारको निर्णय लगतै जनसत्ता नै चलाउन खोज्यो भनेर केहीले गलत पाइदा लिन खोजेको भन्दै तिक्ततालाई आत्मियतामा बदल्ने प्रतिवद्धता जनाउनु भएको छ । भेटमा सहभागी एमाले नेता अधिकारीले भन्नुभयो-’उहाँले सरकारको निर्णय उदेश्य शान्ति र संविधान निर्माण प्रक्रिया विथोल्ने हैन भनेर आश्वस्त पानु भएको छ ।’ प्रधानमन्त्री भट्टराईले आइतबारसम्ममा दलहरुबीच बढेकेा अविश्वासको गाठो खोल्ने बताउनु भएको छ । ‘उहाँले आइतबारसम्ममा सदन खोल्ने वातावरण बनाउँछु भन्नु भएको छ’ थापाले भन्नुभयो-’सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’
प्रधानमन्त्री भट्राईले जनसत्ताको निर्णयलाई मान्यता दिने निर्णयबाट सरकार पछि हट्ने भन्दै शान्ति प्रक्रियामा सहयोग गर्न युवा नेताहरुलाई आग्रह गरेका छन् । उहाँले माओवादीमा हालै भएको एकताले आफूलाई शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउने उत्साह थपिएको भन्दै सातबुँदे कार्यान्वयन गर्ने बताउनु भयो। ।
जवाफमा युवा नेताहरुले भने सरकार र माओवादीकै कारण शान्ति प्रक्रिया रोकिएको भन्दै विगतमा भएको सहमति अनुसार अघि बढ्न आग्रह गरेका छन् । ‘शान्ति प्रक्रिया तपाईकै कारण अवरुद्ध भएको हो । सातबुँदे अनुसार नै अघि बढ्नुस् भनेर हामीले आग्रह गरेका छौं’ एमाले नेता अधिकारीले भन्नुभयो-’सहमति विपरितका निर्णय र अडानबाट पछि हट्नस् र शान्ति प्रक्रिया अघि बढाउनुहोस् भनेका छौं ।’
कांग्रेस सभासद थापाले विपक्षी दलको समेत समर्थन पाएको अहिलेको सरकार सबैभन्दा भाग्यमानी भएको भन्दै भन्दै भन्नुभयो-’यो सरकार सबैभन्दा भाग्यमानी हो । अहिले कसैले पनि सरकार ढाल्न खोजेको छैन । तर, माओवादीको आन्तरिक कारणले शान्ति प्रक्रिया अवरुद्ध भएको छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक