20120125

संबिधानसभाको म्याद सकिएपछि सडकबाटै संबिधान घोषणा गर्ने माओवादी तयारी, "त्यसलाई लागू गराउन जनबिद्रोह गर्ने"

 "माओवादी १० वर्षे सशस्त्र युद्ध समाजको अग्रगामी रूपान्तरणका लागि नभएर आफ्नो भुँडी सुधारका लागि"
जारीछ प्रचण्ड, बाबुराम र हिसिला रामराज्य अनी नग्न नाँच नेपालमा !!!
 माओवादीले अहिलेको संबिधानसभाबाट संबिधान बन्न नसक्ने निष्कर्ष निकाल्दै संबिधानसभाको म्याद सकिएपछि सडकबाटै संबिधान घोषणा गर्ने तयारी गरेको छ । मंगलबार ललितपुरमा कार्यकर्तालाई प्रशिक्षण दिंदै माओवादी महासचिव रामबहादुर थापाले संबिधानसभाबाट संबिधान नबन्ने पक्का
जस्तै भएकाले आफ्नै ढंगले संबिधान घोषणा गर्ने र त्यसलाई लागू गराउन जनबिद्रोह गर्ने तयारी रहेको बताएका थिए । संबिधान जारी गर्न दुई तिहाई चाहिने तर न त माओवादीको नत कांग्रेस एमालेको दुईतिहाई पुग्ने भएकाले संबिधान जारी हुनै नसक्ने बादलको ठोकुवासमेत गरेका थिए । उता बिक्ली नेपाल आफ्नो पेजमा लेख्छ : "भनिन्छ, नकचरालार्ई लाज २४ घण्टा मात्र हुन्छ। निचस्तरको काम गर्ने र त्यसको पश्चाताप नगरि लाज नमान्नेमाथि लक्षित गरेर यो उखान बनेको हो। तर, अहिले यो उखानको मर्म भने पुरै समाज परिवर्तन गर्छौ भनेर राजनीतिमा होमिएर ठूल्ठूला कुरा गर्दै आएका माओवादी नेता–कार्यकर्ताहरूमा हु–बहु लागु भइरहेको छ भन्दा अत्युक्ति हुन्न। किनभने सशस्त्र युद्धकालमा माओवादीहरूले जुन काम गर्दैनौ भनेर त्यतिखेर बहुदलिय प्रतिस्पर्धामा रहेका दलहरूलाई गाली गलौज गर्दै जनताको मन जित्ने प्रयत्न गरेका थिए, यतिखेर माओवादी नेताहरू विगतमा आफूले गर्दैनौ भनेर कसम खाएका तिनै निजस्तरका कामकै लागि तछाँड–मछाँड गरिरहेका छन्। प्रधानमन्त्री बाबुराम भट्टराई र मन्त्रीहरूको निवासलाई नियाल्दा यतिखेर यस्तो देखिन्छ, वास्तवमा माओवादीले १० वर्षे सशस्त्र युद्ध समाजको अग्रगामी रूपान्तरणका लागि नभएर आफ्नो भुँडी सुधारका लागि गरेका रहेछन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार होस् वा कार्यालय सिंहदरवार जतिसुकै बेला पनि नेता–कार्यकर्ताको भिड हुन्छ। ठ्याक्कै यही अवस्था मन्त्रीहरूको निवास र मन्त्रालयमा पनि छ। आफ्नो पार्टीका प्रधानमन्त्री, मन्त्रीलाई भेटन नेता–कार्यकर्ताहरूको भिड लाग्नु स्वभाविकै पनि हो। तर, उनीहरू किन के माग लिएर प्रधानमन्त्री, मन्त्रीहरूलाई भेटन मरिहत्ते गरिरहेका छन भन्ने बुझ्ने हो भने चाहिँ दया लागेर आउछ र भुडिसुधारका लागि युद्ध लडेका रहेछन भन्ने पुष्टी हुन्छ। स्रोतका अनुसार प्रधानमन्त्री, मन्त्रीहरूको निवास र कार्यालयमा विहान, दिउँसो र बेलुका लाम लागिरहेका अधिकाशं नेता–कार्यकर्ताहरू समाज परिवर्तनको मार्ग चित्र र एजेण्डा लिएर धाउने गरेका होइनन्। मन्त्रीहरूका अनुसार आफू अनुकूलका सरुवा, बढुवा र आफ्नो क्षेत्र, जिल्ला र टोल अनुकूल बजेट छुट्याई दिन माग गर्दै उनीहरू प्रधानमन्त्रीदेखि मन्त्रीहरूकोमा धाउने गरेका छन्। 'बिहान उज्यालो हुन नपाउँदैदेखि रातीसम्म निवासमा र दिनभर मन्त्रालयमा व्यक्तिगत काम लिएर नेता–कार्यकर्ता आउने गरेका छन्। ति सबै काम आर्थिकसँग मात्र सम्वन्धित छन' एक मन्त्री दृष्टि प्रतिनिधीसँगको भेटमा दुखेसो पोख्छन्–'जनयुद्ध लडनुको उद्देश्य राजनीतिक परिवर्तन मात्र थिएन। बुद्धि, चेतनाको परिवर्तन पनि थियो। तर, युद्ध लडनका लागि लडे जस्तो मात्र भयो। त्यसले नेता–कार्यकर्ताको बुद्धि, चेतनालाई अलिकति पनि परिवर्तन गर्न सकेन।'


समानताको नारा भित्र युद्ध लडेपनि एकाथरी नेताहरूको जिवनस्तर पत्याउनै नसकिने गरी महँगिदै गएको र अर्काथरी जहाँको तँही रहेपछि उनीहरू पनि कमाउ धन्दामा लागेका स्रोत बताउँछ। स्रोत भन्छ,–'नेताहरूको जिवनस्तर महँगो हँुदै गएपछि कार्यकर्ताहरू पनि अब जसरी पनि कमाउनै पर्ने रहेछ भन्ने बुझाइपछि आम्दानी हुने बाटोको खोजीमा सरुवा–बढुवाको फाइल लिएर मन्त्रीकोमा धाउन थालेका हुन्।' स्रोतका अनुसार दुइदेखि पाँच लाखसम्म रुपियाँ लिएर माओवादीका जिल्ला नेताहरू प्रमुख जिल्ला अधिकारी (सिडिओ), जिल्ला प्रहरी प्रमुख एसपी, डिएसपी, स्थानिय विकास अधिकारी (एलडिओ), जिल्ला शिक्षा अधिकारी (जिशिअ) मालपोत प्रमुख, नापी प्रमुखलगायतको सरुवा गर्न लागिपरेका छन्। त्यसैगरी अन्तर मन्त्रालय सरुवाका लागि पनि उनीहरू उत्तिकै लागि परेका छन्।
स्रोतका अनुसार अर्थ, स्थानिय विकास, शान्ति तथा पुनःनिर्माण, भूमिसुधार तथा व्यवस्था, शिक्षा, युवा तथा खेलकुद, सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्रीहरूकोमा सरुवा र बजेट छुट्याइ दिन माग गर्दै जाने कार्यकर्ताहरूको भिड लाग्ने गरेको छ। प्राय सबै जसो जिल्लाका माओवादी नेताहरू आफ्नो अह्न खटनमा चल्ने हाकिम लैजान यतिखेर काठमाडौंमा आएका छन र बिहानै वेलुकी मन्त्री निवास, दिउँसो मन्त्रालय धाइरहेका छन भने राजधानी नआएकाहरूले पनि क्षण–क्षणमै मन्त्री र उनीहरूका स्वकिय सचिवलाई फोन गर्ने गरेका छन्। माओवादीको भागमा परेको मन्त्रालय सम्हालेका एक मन्त्री भन्छन्–'जिल्ला–जिल्लाबाट आएर दवाव दिने साथीहरूले भनेको माने मन्त्री ठीकै छन्।' उनीहरूले भने अनुसार गर्न सकिएन भने यो मन्त्री फटाहा, भ्रष्टचारी भनेर बदनाम गराउन थालेका छन्। आफ्नै साथीहरूबाट जोगिन गाह्रो भयो। उनीहरूले भने अनुसार सरुवा गर्न सकिएन भने वदनाम गर्दै हिँडने साथी पनि आखिर भ्रष्टचारकै लागि आफू अनुकुल सरुवा गराउन आएका हुन्। तर, उनीहरूले आफ्नै पेट भर्न मन्त्रीकोमा धाइरहेको छु भन्ने भन्ने चाहिँ विर्सेका छन्।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक