20120127

मूल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने भन्दै धर्नामा बसेका १० जना युवा विद्यार्थीलाई प्रहरीले पक्रेको छ !

मूल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने भन्दै काठमाण्डौंको बबरमहलमा धर्नामा बसेका १० जना युवा विद्यार्थीलाई प्रहरीले पक्रेको छ । मूल्वयवृद्धि फिर्ता नभए शनिवार बेलुकी आत्मदाह गर्ने भन्दै काठमाण्डौंका बिभिन्न क्याम्पसका विद्यार्थी नेपाल आयल निगमको कार्यालय अघि धर्नाम बसेका थिए । उनीहरुलाई प्रहरीले धर्नास्थलबाटै नियन्त्रणमा लिएर नेपाल पुलिस क्लव प्रदर्शनी मार्ग लगेको नेविसंघका नेता यूवराज पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई  भेट्न समेत नदिइएको पाण्डेले बताउनुभयो । थापाथली इन्जिनियरिङ्ग, क्यारेवियन क्याम्पस, ह्वाइट हाउस कलेज, आर्यन स्कूल अफ इन्जिनियरिङ्ग र इष्ट कलेजका बिद्यार्थी धर्नामा बसेका थिए । उनीहरुले केही दिनअघि काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर मुल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने घोषणा गरेका थिए ।
मूल्यवृद्धि फिर्ता नभए आत्मदाह गर्ने १० युवाको चेतावनी

दश जना युवाले सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए आत्मदाह गर्ने घोषणा गरेका छन् । काठमाडौंको रिपोर्टस क्लबमा मंगलबार पत्रकार सम्मेलन गरि उनीहरुले मुल्यवृद्धि फिर्ता नभए माघ १४ गते नेपाल आयल निगम अगाडी आत्मदाह गर्ने उनीहरुले चेतावनी
दिएका हुन् । उत्पीडित युवा नेपाल नामक समूहमा आवद्ध रहेको बताउने उनीहरु सबै विद्यार्थी हुन् ।  उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, लोडसेडिङ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जीवन चलाउन कष्टकर भएको भन्दै माघ १४ गते नेपाल आयल निगम अगाडी संयुक्त रुपमा आत्मदाह गर्ने चेतावनी दिएका छन् । 
उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने, दण्डहीनताको अन्त्य गरी विधिको शासन व्यवस्था गरिनुपर्ने लगायतका पाँच सूत्रीय माग तीनदिन भित्र पुरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।  माघ ११ गते १० बजे राष्ट्रिय झण्डासहित आयल निगममा धर्ना गर्ने, १२ गते सिंहदरबार अगाडि राष्ट्रिय झण्डासहित धर्ना गर्ने, १३ गते अन्तर्राष्ट्रिय सम्मेलन भवन अगाडि एक दिने अनसन गर्ने जस्ता विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । 
सरकारका मन्त्रीले ५–६ वटा गाडीको दुरुपयोग गर्न हुने तर गरिब जनताले खान समेत नपाउने अवस्था आएको भन्दै आत्मदाहको घोषणा गरेका एक युवा विशू थापाले आफुहरु आत्मदाहको निर्णयमा पुगेको बताएका थिए ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि पछि चर्को बिरोध खेप्दै आउनुभएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई बाँकेको कोहलपुरमा विद्यार्थीले आज कालो झण्डादेखाएर बिरोध जनाएका छन् । कालो झण्डादेखाउने क्रममा प्रहरी र प्रदर्शनकारी विद्यार्थीबीच झडप समेत भएको छ । झडपमा नेविसंघका भोलानाथ शर्मा, आशीष काफ्ले, स्ववियु सचिव टंकप्रसाद काफ्लेलगायतका विद्यार्थी सामान्य घाइते भएका छन् । एकीकृत माओवादीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन कोहलपुर पुग्नुभएका भट्टराईलाई आन्दोलनरत विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । कालो झण्डादेखाएको आरोपमा प्रहरीले बिघटित नेविसंघ अध्यक्ष प्रकाश सिग्देल, अनेरास्ववियुका अध्यक्ष सूर्यबहादुर रोकाय, अनेरास्ववियु नगर कमिटी सचिव जनक पुन र नेविसंघ इकाई सदस्य केशव वलीलाई पक्राउ गरेको छ । भेरी, कर्णाली, सेती, महाकाली र थारुवान राज्य समितिका अगुवा कायकर्तालाई प्रशिक्षण दिन प्रधानमन्त्री भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्यलगायतका नेतासँग आउनुभएको थियो ।

एमाले अध्यक्ष झलनाथ खनालले सरकार आफ्ना अभिभारा पूरा गर्न चुकिसक्दासमेत प्रधानमन्त्री बाबुराम भट्टर्राइले अफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउछु भन्न हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ ।
दाङमा आज आयोजित कार्यक्रममा खनालले राष्ट्रिय सरकार बनाएर नेतृत्व गर्छु भन्नु असुहाउँदो विषय भएको बताउनुभयो । प्रधानमन्त्री भट्टराईको नेतृत्वमा कुनैपनि हालतमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने दाबी गर्नुभयो ।
अवरुद्ध शान्ति र संविधानको कामलाई अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएका अध्यक्ष खनालले प्रधानमन्त्री भट्टराईले तत्काल पदबाट राजीना दिनुर्ने बताउनुभयो ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक