संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र /अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com

20120128

विश्वकर्मा र दर्जी बिच पनि ठुलो जात र सानो जात रे हेर्नुस् त, हाम्रा नेपालीको बुद्धिमा बिर्को लागेपछी यस्तो पनि हुँदो रहेछ !

- विमला नेपाली
ओखलढुङ्गा/ आफूभन्दा सानो जातको भएको भन्दै ओलखढुङ्गाका एक विश्वकर्मा परिवारले सुत्केरी बुहारीलाई गोठमा राखेका छन् । प्राप्चा ७ का दिलबहादुर विश्वकर्माले सुस्मिता दर्जीलाई विवाह गरेपछि समाजले बहिस्कार गरेको भन्दै परिवारले जुम्ल्याहा शिशुकी आमा सुस्मितालाई गोठमा राखेको हो । जुम्ल्याहा नाबालक लिएर सुत्केरी सुस्मिता माघको कठ्याङग्रीदो जाडोमा पनि गोठमै बस्न बाध्य हुनुभएको छ । दिलबहादुरका बाबु जनबहादुर बिक र विष्णुकुमारी बिकले समाजले बहिष्कार गरेपछि छोरा, बुहारी र नातीहरुलाई गोठमा राखेको बताउनुभयो । छोरालाई पनि घरमा पस्न नदिन समाज बसेर निणर्य गरेपनि छोरा बुहारीलाई नै बारीमा राखेको बिष्णुकुमारीको भनाइ छ ।एकवर्षअघि प्रेम सुस्मितासँग विवाह गरेका दिलबहादुरलाई तल्लो जातकी केटीसँग विवाह गरेको भन्दै परिवारले घरमा पस्न दिएका थिएनन् । समाजले नै घरमा पस्न नदिने भने पछि दिलबहादुर र सुस्मिता काठमाण्डौंमा बस्दै आउनुभएको थियो । तर कात्तिकको अन्तिम हप्तामा सुस्मिता सुत्केरी भएपछि उहाँहरु ओखलढुङ्गा फर्कनुभएको थियो । काठमाण्डौंबाट घर आए पनि घरपरिवारले घरमा राख्न नदिएपछि श्रीमतीलाई बारीमा गोठ बनाएर राख्नु परेको दिलबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो “समाज र परिवारको दवावले परिवारलाई
आफूलाई बहिस्कार गरेको बताउनुभयो ।” आफ्नी श्रीमतीलाई बाध्यताले बारीमा राखेको बताउँदै दीलबहादुरले घरमा खानेकुरा समेत नभएपछि सुत्केरीको समेत राम्रो हेरचाह गर्न नसकेको बताउनुभयो । स्थानीय आमा समुहले सुत्करीबाट उकास्न सुस्मितालाई कोशेली भेट गरे पनि आमा र बच्चालाई खुवाउने खाद्यान्न समस्या परेको छ ।

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________