20120128

नेपालका नेताहरु र पार्टीहरु देखी वाक्क दिक्क भए मह जोडी पनि, यसरी खुलेरै धिक्कारे मदनकृष्ण र हरिवंशले नेताहरुलाई !

हाम्रा नेताहरु बैगुनी भए देशको भलाइका लागि काम गरेनन् सबै नेताहरुले तानाशाही प्रवृत्ति देखाउन थाले र सुख-सुविधामा रमाउँदै कुर्सीको मोहमा जनताको जनादेशलाई लत्याउँदै गए।’ मुकेश प्रतिष्ठानको उद्घाटन गर्न शनिबार बनेपा आएका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजोडी ले भने-यी नेताहरुको चालचलन हेर्दा त धिक्कार अर्पण गर्न मन लाग्छ।’ प्रतिष्ठान उद्घाटनका क्रममा निकै भावुक बनेका महजोडीले मुकेश कायस्थजस्ता जनआन्दोलनका घाइते तथा शहीदहरुको योगदानलाई नेपाली जनताले सधैं सम्झिरहने बताएका थिए। जनआन्दोलनको क्रममा २०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीको गोली लागी घाइते भएका मुकेश हालसम्म पनि अचेत 


अवस्थामा छन्। तर जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई भने नेताहरुले लत्याउँदै गएको आरोप लाउँदै महजोडीले भने-अब जनताको धैर्यको सीमा नाघिसक्यो नेताहरुलाई बेलैमा चेतना होस्।’गणतन्त्र प्राप्तिका लागि नेताको योगदान दश प्रतिशत मात्र हो ९० प्रतिशत योगदान त जनता कै हो’ हरिवंश आचार्यले भने- नेताहरुले तानाशाही प्रवृत्ति देखाएका छन् विखण्डनको राजनीति गर्दै गएका छन्। जनआन्दोलनमा मुकेशले पुर् याएको योगदानको कदर नेताहरुले गर्न नसकेको बताउँदै आचार्यले देशको भलाइका लागि काम गर्न नेताहरुले सिकून् भन्दै कामना गरेका थिए।

जनतालाई लोकतन्त्र नै चाहिन्छ अनि लोकतान्त्रिक संविधान नै चाहिन्छ’ मदनकृष्ण श्रेष्ठले पनि नेताहरुप्रति आक्रोश पोख्दै भने-दुई वर्षका लागि भनेर नयाँ संविधान बनाउन जनताले पठाएका हाम्रा नेताहरु अनेकौ बहाना गरी म्याद थप्दै खाँदै छन्।’ अब म्याद नबढाऊ भन्ने सर्वोच्च अदालतको आदेशलाई समेत आलोचना गर्ने नेताहरुप्रति खनिदै श्रेष्ठले भने-काम कर्तव्यप्रति बफादार नहुने हाम्रा नेताहरु त सर्वोच्चभन्दा पनि अझ सर्वोच्च बन्दै छन्। नेताहरुले एक पटक सत्ता पाएपछि सन्तान दरसन्तानलाई समेत सत्तामै पुर् याउने सपना देख्छन् यसका लागि प्रतिष्ठानले खबरदारी गर्दै जनताको पक्षमा काम गरोस्’ श्रेष्ठले भने-मुकेश कायस्थप्रति गर्व गर्छा मुकेशका मातापिताप्रति आदर गर्छौं’ उनको भनाइ थियो- कहिल्यै नसुधि्रने हाम्रा नेताहरुको चालचलनले गर्दा जनता फेरि सडकमा आउनुपर्ने बाध्यता हुन लागिसक्यो।’
जनआन्दोलन २ का जिउँदो शहीद मुकेश कायस्थ राष्ट्रको स्वतन्त्रताका लागि लड्ने राष्ट्रिय व्यक्तित्वको इतिहासलाई जीवित राख्दै अघि बढ्ने उद्देश्यले शहीद परिवार जनआन्दोलनका घाइते परिवार विद्वान् बुद्धिजीवी शिक्षक विद्यार्थी समाजसेवी राजनीतिकर्मीलगायत समाजका अग्रज व्यक्तित्वहरुको अगुवाइमा स्थापना भएको मुकेश कायस्थ प्रतिष्ठानले होसियार- खोइ हामीले खोजेको लोकतन्त्र- के भ्रष्टता हो लोकतन्त्र’ ँखोइ जनताले चाहेको गणतन्त्र- के भद्रगोल हो गणतन्त्र’ भनी सत्तामा आसीन नेताहरुलाई प्रश्न गरेको छ।
महजोडीले प्रतिष्ठानको कार्यालय उद्घाटन गरेलगतै शिक्षाविद्द्वय काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुरेशराज शर्मा र केदारभक्त माथेमाले अरनिको सभा भवनमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रम उद्घाटन गर्दै डा। शर्माले शहीदहरुले परिवारमा आकांक्षासँगै वेदना र गौरव छोडेका छन् भन्नुभयो।

उपकुलपति शर्माले देशको स्वतन्त्रताका लागि संघर्ष गरेर ज्यानसमेत गुमाएका र घाइते भएका व्यक्तिका साथै मुकेश कायस्थ जस्तो अचेत अवस्थामा पुगेका जिउँदो शहीदको बलिदानी केका लागि थियो पायौ कि पाएनौ त्यो प्राप्त नभएसम्म संघर्ष कायम रहन्छ भन्नुभयो। उहाँले शहीद शब्दको मर्मलाई नबुझी जस्तो मृत्युलाई पनि शहीद घोषणा गर्नु सच्चा शहीदको अपमान गर्नु हो भन्नुभयो।

डा. शर्माले मुकेश कायस्थले दिएको बलिदानीको कदर गर्दै मूर्त रुप दिन प्रतिष्ठान सफल होस् भन्दै शहीद कहिल्यै मर्दैन युग-युगसम्म त्यो परिवार र राष्ट्रमा पीडा कायमै रहन्छ र शहीदको देनको कदर भइरहन्छ भन्नुभयो। त्यसै गरी शिक्षाविद् माथेमाले लोकतन्त्रको बिन्दु हुँदैन यो नियमित चलिरहने यात्रा हो धनी र गरिबबीचको खाडल बढ्दै जानु लोकतन्त्रको बाधक हो भन्नुभयो।

शहीद परिवारका तर्फबाट द्रोण लामिछानेले भन्नुभयो- ँहामीले दिएको जनमतको नेताहरुले दुरुपयोग गरिरहेका छन्।’ प्रतिष्ठानले वास्तविक लोकतन्त्रका पक्षधर शहीदहरुको मर्म बुझेर काम गर्ने कुरामा आफू विश्वस्त भएको र सक्दो सहयोग गर्ने बताउनुभयो।
प्रतिष्ठानका अध्यक्ष हीरा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक तथा साहित्यकार मोहन दुवालले संस्थाको महŒवमाथि प्रकाश पार्नुभएको थियो। त्यसै गरी अधिकारकर्मी राजु सरकारले लोकतन्त्र मानवअधिकार र शान्तिका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो। धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा। राजेन्द्र कोजूले धेरै मान्छे आना लागि बाँच्छन् र थोरैले धेरै अरुलाई दिएर आ७३टघठद्धघसना लागि बाँच्छन् भन्ने भनाइलाई मुकेशले प्रमाणित गरेका छन्। उनको सच्चा बलिदानीको सबै नेपालीले कदर गर्नुपर्छ भन्नुभयो।

कार्यक्रममा मुकेशकी आमा मीरा कायस्थले भावुक हुँदै भन्नुभयो- ँमहजोडीले जनआन्दोलनका घाइतेहरुको उपचारकोष खडा गरी सहयोग गरेका कारण मुकेशको उपचारको बाटो खुल्यो र स्थानीय नेताहरु संघसंस्था शहीद परिवार राज्य समाजका अग्रज व्यक्तित्वहरुको सहयोग पाएकै कारण आजसम्म आफूले प्राणभन्दा प्यारो छोरालाई जीवित शहीदका रुपमा पाएको छु’ भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सूर्य लाकजू भगवती तिम_िल्सना कलाकार मच्छेश्वर सापकोटालगायतका व्यक्तित्वहरुले प्रतिष्ठान र मुकेशका बारेमा प्रकाश पारेका थिए। ज्ञात-अज्ञात शहीदहरुको सम्झनामा मौनधारण गरेर शुरु गरिएको कार्यक्रममा अन्य शहीद परिवारका सदस्यहरुलाई प्रमुख अतिथिद्वयले माल्यार्पण गरेर सम्मान गर्नुभएको थियो। सोही अवसरमा जनआन्दोलन २ का शहीदहरुको फोटोमा पनि माल्यार्पण गरिएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक