20120128

नेताहरुले हैरान पारेका नेपाली जनतालाई बौलाहा कुकुरले पनि छाडेनन, करिब १०० जनालाई बौलाहा कुकुरले टोक्यो, अस्पतालमा ताँती !, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कुकुर नियन्त्रण समिति गठन

चित्र:Kukur.jpgदुई-तीन दिनयता बझाङमा रेबिज लागेका कुकुरहरुको बिगबिगी देखिएको छ। रेबिजले बहुलाएका कुकुरका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ। रेबिज भएका कुकुरले टोकेर एक साता यता करिब १०० जना व्यक्ति उपचारका लागि जिल्ला अस्पताल भर्ना भएका छन्। विशेष गरी सदरमुकाम चैनपुरमा रहेका छाडा कुकुरहरुमा रेबिज देखापरेको हो। बहुला कुकुरले बटुवाहरुलाई पछाडिबाट टोक्ने गरेका छन्। ती व्यक्तिहरुमा रेबिजको लक्षण देखा परेको जिल्ला अस्पताल सिमखेतले जनाएको छ। दिनप्रतिदिन कुकुरले टोकेर अस्पतालमा उपचारका लागि आउनेको संख्या वृद्धि भएपछि रेबिजविरुद्धको खोपको अभाव भएको निमित्त स्वास्थ्य कार्यालय प्रमुख प्रेमबहादुर खड्काले बताउनुभयो। प्रमुख खड्काले हाल अस्पतालसँग ५० भ्वाइल भ्या_िक्सन मात्र रहेको तर तत्काललाई कम्तीमा पनि ३ सय भ्या_िक्सनको आवश्यकता देखाउनुभयो। जिल्लास्थित कुनै पनि मेडिकलमा उक्त भ्या_िक्सन नभएको र हाल धनगढीबाट मगाउन थालिएको जिल्ला पशु सेवा कार्यालयका बलबहादुर खड्काले
बताउनुभयो। रेबिजग्रस्त कुकुरको टोकाइबाट मान्छेमा संक्रमणको जोखिम फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंगबहादुर शाहीको संयोजकत्वमा कुकुर नियन्त्रण समिति गठन गरी बहुला कुकुर मार्ने निर्णय गरेको छ।

सदरमुकाममा खटिएको उक्त टोलीले शनिबार मासुमा विष हाली १३ वटा कुकुर मोरेको टोलीका संयोजक एवम् निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंगबहादुर शाहीले बताउनुभयो।
उहाँले बजारका भुस्याहा कुकुर तथा घरमा पालिएका कुकुरमा रेबिज देखापरेकोले जिल्लामा एक प्रकारको आतंक नै फैलिन पुगेको बताउँदै सर्वसाधारणलाई कुकुर छाडा नछोड्न तथा यताउति हिँड्दा होसियारी अजनाउन आग्रह गर्नुभयो।

केही दिनपहिले जिल्लाको सुनिकोट गाविसमा रेबिज भएको एउटा कुकुरको टोकाइबाट बंगुर मरेको थियो।
सो बंगुर स्थानीयले खोलामा फालेको र त्यो कुकुर-स्यालले खाएर जिल्लाभरिका कुकुरमा रेबिज फैलिएको स्वास्थ्य कार्यालय प्रमुख खड्काले बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक