20120102

बाबुराम भट्टराई सरकारको अर्को एतिहासिक निर्णय ! बाबुरामलाई काम गर्न देउ यस्ता धेरै कुरा देख्न पाईन्छ यसो भने कसो होला ??!!

सालीक हटाउंदै नयाँ नेपाल बनाउदै गरेका बाबुरामले अब त्यहा प्रचण्डको सालीक राख्न बेर छैन !
सरकारले राजधानीको सहिद गेटमा रहेको स्वर्गीय राजा त्रिभुवनको सालिकलाई त्यहाँबाट हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार चार सहिदको सालिकका बीचमा राखिएको त्रिभुवनको सालिक त्यहाँबाट हटाएर नारायणहिटी दरबारस्थित संग्रहालयमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । निरंकुश राणा शासकहरूले आफ्नोविरुद्ध विद्रोह थालेको अभियोगमा चारजना विद्रोही दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई १९९७ सालमा मृत्युदण्ड दिएका थिए । २००७ को क्रान्ति सफल भएपछि ती चार सहिदको सालिक र बीचमा तत्कालीन राजा त्रिभुवनको प्रतिमा राखी सहिद गेट बनाइएको थियो । क्रान्तिलाई साथ दिएको भन्दै तत्कालीन सरकारले त्रिभुवनलाई राष्ट्रपिताको संज्ञासमेत दिएको थियो । संस्कृतिमन्त्री गोपाल किराँतीको प्रस्तावमा मन्त्रिपरिषद्ले त्रिभुवनको सालिक सहिद गेटबाट हटाउने निर्णय गरेको हो । स्रोतका अनुसार संस्कृति मन्त्रालयले लोकतान्त्रिक आन्दोलनका अगुवा चार सहिदको बीचमा त्रिभुवनको
सालिक राख्नु सहिदमाथिकै अपमान हुने भन्दै हटाउने प्रस्ताव गरेको र मन्त्रिपरिषद्ले त्यसैलाई सदर गरेको हो । शान्तिपूर्ण आन्दोलनको बलमा संविधानसभाले राजतन्त्र हटाई मुलुकमा गणतन्त्र बहाल गरेपछि यसअघि नै पुस २७ मा मनाइने राष्ट्रिय एकता दिवससमेत मनाउन बन्द गरिएको छ । नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको सम्मानमा उनको जन्मदिन पारी एकता दिवस मनाउने गरिन्थ्यो । सहिदगेटमा चार सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकको बीचमा राजा त्रिभूवनको पनि सालिक थियो । लोकतान्त्रिक आन्दोलनको सफलतापछि सहिदगेटमा रहेका चार अमर सहिदको सालिकभन्दा माथि राखिएको स्वर्गीय राजा त्रिभुवनको सालिकलाई त्यहाँबाट हटाउन आवाज उठेको थियो । त्रिभुवनको सालिक हटाइने भएपनि सहिदहरूको सालिक यथावत् रहनेछ । नयाँ प्रधानमन्त्रीले सपथ ग्रहणपछि सहिदपार्कमा पुगी सलामी गर्ने प्रचलन रहेकामा सहिदपार्कमा त्रिभुवनको पनि सालिक भएका कारण वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले सपथ लिएपछि कीर्तिपुरस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्न गएका थिए । यसैगरी सरकारले चैत २३ र २४ गते पर्वतीय मुलुकहरुको जलवायु सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।सम्मेलनका लागि वातावरणमन्त्रीको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति पनि गठन गरेको छ । बैठकले पर्यटन वर्षका कतिपय कार्यक्रमलाई निरन्तरता दिने क्रममा हवाईमार्गबाट एकसयजना विदेशी ल्याई नेपालमा कुनै सभा, सम्मेलन गराउने आयोजकलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । यसैबीच, मन्त्रिपरिषद्ले खानेपानी संस्थानका महाप्रबन्धक धर्मकुमार बजिमयलाई अवकाश दिई नायब महाप्रबन्धक रामकुमार यादवलाई कायममुकायम महाप्रबन्धक नियुक्त गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक