20120102

जर्जियाको एटलान्टा शहरमा अङ्रेजी नयाँ बर्षमा यसरी झुमे नेपालीहरु, हेर्नुस् समाचार, केही भिडियो र फोटोहरु

संसारका १९ देशमा स्थापना भैसकेको अन्तराष्ट्रिय कलाकार मँच (International Artists Forum)   को जर्जिया शाखा गठन
सन २०११ को अन्तिम दिन डिसेम्बर ३१ तारिख, २०१२ को स्वागत गर्न सिँगो नेपाली समुदाय एटलान्टा शहरको हवेली रेस्टुरेन्टको सभा हलमा नेपाली साँस्कृतिक कार्यक्रमका साथमा झुमिरहेको थियो । प्रमुख अतिथी कलाकार थिए अन्तरराष्ट्रिय कलाकार मँचका

अध्यक्ष्य राम प्रसाद खनाल, साथ मा थिईेन अर्की गायिका कुमारी लामा । भुट्निज कलाकार र केही स्थानिय कलाकार समेतको सहभागिता । झुस्स दाढी पालेका तर मिठो उदघोसण गर्ने कला
भएका सुगम पोखरेलको उदघोसण । साँढे नौबजे शुरु भएको कार्यक्रम राती साँढे दुई बजे सम्म नाच गान का साथ चलिरह्यो । जती जती रात ढल्किदै थियो उपस्थित सबै राम प्रसाद खनालका गीत हरुमा नाच्न मग्न थिए, कुमारी र भुट्निज कलाकारहरुका गीतमा पनि । कार्यक्रमको बिचमा जर्जियाका नेपाली हरुका समाजसेबी नेता राजा घले ले आफ्ना मन्तब्य सहित प्रमुख अतिथी कलाकार खनाललाइ जर्जिया बासी नेपाली संस्थाहरु र नेपालीहरुका तर्फबाट सम्मान गर्नुभयो भने नासा का अध्यक्ष्य सन्जिब सापकोटाले गायिका लामा लाई । कार्यक्रम निकै रोचक भएको उपस्थित दर्शक हरु बताउंदै थिए भने राती साँढे दुई बजे सम्म पनि दर्शक हरु कार्यक्रम छोड्न मानिरहेका थिएनन । कर्यक्रम सफल पार्न नासा, नाग, हवेली रेस्टुरेन्ट, राजा घले, सन्जीब सापकोटा, दीपक रेग्मी, हरी भण्डारी, केशब शर्मा, बिद्या घले लगायत नेपाली हरु को बिशेष योगदान देखिन्थ्यो ।
 कार्यक्रमकै बिचमा हाल सम्म संसार का १९ देशमा स्थापना भैसकेको अन्तरराष्ट्रिय कलाकार मँच ( International Artists Forum - www.IAFAmerica.com) को जर्जिया एटलान्टा शाखाको गठन गरी घोषणा समेत गरियो । कला र संस्कृतिका जगेर्नाका लागि गठित उक्त शाखामा गायक, गायिका, कलाकारहरु र कला र संस्कृतिलाई माया गर्ने ब्यक्तित्वहरु क्रमस प्रोफेसर रामचन्द्र बराल, राजा घले, डा सन्जिब सापकोटा सल्लाहकार, बिजेन्द्र गुरुङ अध्यक्ष्य, कुमारी गुरुङ उपाध्यक्ष्य, दीपक रेग्मी सचिब, तारा कुँवर कोसाध्यक्ष्य, सदस्यहरुमा क्रमस भैरब गुरुङ, केशब शर्मा, दीपेन्द्र थापा, प्रताप मगर, रोशन अधिकारी, प्रेम गुरुङ, बिनोद गुरुङ, सुजन बस्नेत निर्बाचित हुनुभएको सल्लाहकार राजा घलेले घोषणा गर्नुभयो । स्मरण यस शखामा चार जना भुटानका कलाकार हुनुहुन्छ भने बाँकी नेपालका । निर्बाचित सबैलाई अन्तरराष्ट्रिय कलाकार मँच का अध्यक्ष राम प्रसाद खनालले हार्दिक बधाई दिदै कला र संस्कृतिका काम गर्न शाखालाई आग्रह गर्दै मँचको केन्द्रिय समिती सधैं साथ हुने बताउनुभयो ।
   
www.IAFAmerica.com


फोटोहरु यसरी आँफै बोल्छन, तलका लिँकहरुमा क्लिक गरी हेर्नुस् :


https://plus.google.com/u/0/photos/113971862661340111577/albums/5693052515887734481













No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक