20120104

वैद्य पक्षीय नेताहरुले माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई 'बोलीको ठेगान नभएको' आरोप लगाए ! "दाहालको बोली र व्यवहारमा विश्वास गर्न नसकिने"

माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाललाई 'बोलीको ठेगान नभएको' वैद्य पक्षीय नेताहरुले आरोप लगाएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको बैठकमा वैद्य पक्षीय केन्द्रीय सदस्य सावित्री काफ्लेले दाहालको बोली र व्यवहारमा विश्वास गर्न नसकिने बताए । 'अध्यक्षको बोली र व्यवहारको विश्वास गर्ने आधार छैन,' खरिपाटी भेलापछिका दस्तावेज र दाहालका सातवटा अभिव्यक्तिलाई उद्यृत गर्दै काफ्लेले भने, 'तपाईं बोल्ने एउटा गर्ने अर्को, सयमा १० प्रतिशत पनि अध्यक्षको विश्वास गर्न सकिन्न ।' वैद्य पक्षीय केन्द्रीय सदस्यहरुले दाहालको प्रतिवेदनमा विचार स्खलन भएको आरोप लगाएका छन् । उनीहरुले आफ्नो प्रतिवेदनले क्रान्तिकारी धार छाडे/नछाडेको दोहोर्‍याएर पढ्न दाहाललाई चुनौति दिए । संस्थापन पक्षधरले उपाध्यक्ष
मोहन वैद्यको प्रतिवेदनले जारी शान्ति प्रक्रिया र संविधान निर्माण नै भाँड्ने गरी एकपक्षीयरुपमा आएको आरोप लगाएका थिए । उनीहरुले शान्ति प्रक्रिया र संविधान निर्माण कार्य पूरा भएपछिमात्रै वैद्यले खोजेको जनवादी सत्ता विस्तारै हात लाग्ने बताएका थिए । बुधबार १४ जना केन्द्रीय सदस्यले बोलेका छन् । बैठक बिहीबार पनि जारी रहने पोलिट्ब्युरो सदस्य शक्ति बस्नेतले जानकारी दिए । उनले भने दुवै पक्षका नेताहरु दाहाल र वैद्यलाई मिलेर दस्तावेज बनाउने पक्षमा प्रस्तुत भएको दाबी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक