20120104

अमेरिकामा नागरिकता, ग्रीनकार्ड लिएर बस्ने देखी कानुनी र गैर कानुनी हिसाबले बस्ने डेढ देखी दुई लाख नेपाली भएको अनुमान थियो तर जन गणनामा थोरै देखिए, जन गणना फारम भर्न अल्छि गरेछन नेपालीले यहाँ पनि !


Us२०१० मा अमेरिकामा भएको जनगणनाअनुसार नेपालबाट आएका नेपालीको संख्या ५९ हजार ४ सय ९० छ । यहाँको जनसंख्या विभागले हालै उक्त तथ्यांक जारी गरेको हो । गत डिसेम्बरसम्म अमेरिकामा पुनर्स्थापित भूटानी शरणार्थीको संख्या ४९ हजार १२ पुगेको छ । यस हिसाबले जनगणना २०१० का नेपाली ५९ हजार ४ सय ९० र हालसम्म अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीको संख्या मिलाउँदा नेपाली-भाषीहरू १ लाख ८ हजार ५ सय २ जना पुगेको देखिन्छ । अमेरिकामा जनगणना सन् २०१० अप्रिलमा भएको थियो । उक्त जनगणनाअनुसार अमेरिकाको जनसंख्या ३०८,७४५, ५३८ अर्थात् ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ पुगेको देखिन्छ । अमेरिका विश्वको तेस्रो घना आवादि भएको मुलुक हो । अमेरिकाभन्दा चीन र भारतमा धेरै मानिस बस्छन् । आकारमा नेपालभन्दा अमेरिका ६७ गुणा ठूलो छ भने जनसंख्या साढे दश गुणा मात्र बढी छ । अमेरिकामा १०/१० वर्षमा जनगणना गरिन्छ । यसअघि सन् २०००
मा जनगणना भएको थियो । सन् २००० मा यहाँको जनसंख्या २८१, ४२१, ९०६ अर्थात् २८ करोड १४ लाख २१ हजार ९ सय ६ थियो । त्यसपछि ९ दशमलव ७ प्रतिशत बढेर ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ पुगेको हो । एशियाबाट आएका १ करोड ७९ लाख ४१ हजार २ सय ८६ मध्ये सबभन्दा बढी चीनियाँ छन् भने दोस्रोमा फिलिपिनी मूलका भएका छन् । भारतीय तेस्रो स्थानमा छ । अहिले अमेरिकामा करिब ३७ लाखभन्दा बढी चीनियाँ, ३४ लाखभन्दा बढी फिलिपिनी र ३१ लाखभन्दा बढी भारतीय छन् ।



यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो । 
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ ।Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक