20120125

हाम्रा बहुरुपी नाटककार कामरेड प्रचन्डलाई फेरी फुलमालाले यसरी ढाकिन मन लागेपछी अर्को नाटक शुरु, वाह यस्तो पो नेता !

बोलिको र रुपको कुनै ठेगाना नभएका भनी चिनिने,  ‘म अहिलेपनि राष्ट्रपतिभन्दा कम छैन’ भन्दै राष्ट्रपतिका लागि लोभ नगरेको बताएका माओवादी अध्यक्ष प्रचण्ड बाबुरामको सरकार ढाल्न लागि परेका छन् । बाबुरामलाई प्रधानमन्त्री बनाउनु आफ्नो बाध्यता भएको सार्वजनिकरुपमै स्वीकार्दै आएका प्रचण्डले मोहन वैद्य पक्षसँगको मिलनसँगै दुई महिनालाई भएपनि आफैं प्रधानमन्त्री बन्ने अभियानसहित राजनीतिक चेस खेल्न थालेका हुन् । हालै एमाले नेता माधवकुमार नेपालसँगको भेटमा अध्यक्ष प्रचण्डले सरकारको राजीनामा मागिदिन आग्रह गरेका छन् । नेता नेपालले प्रचण्डसँगको भेटपछि आफु निकटवर्तीसँग अब बाबुराम प्रधानमन्त्रीबाट हट्ने ठोकुवा गर्न थालेका छन् । नेपालसँग प्रचण्डको आग्रह थियो( ‘मैले बनाएको सरकार मैले नै ढाल्न अलिक गाह्रो भयो, जग्गाको बिषयलाई चर्काएर राजीनामा मागिदिनुपर्‍यो, त्यसका
लागि तपाईले भूमिका खेल्नुपर्‍यो’ । स्रोतका अनुसार माधवकुमार नेपालले भने अहिले एमालेको प्राथमिकता सरकार नभएकाले शान्ति प्रकृया र संबिधानतिर केन्द्रीत हुन प्रचण्डलाई आग्रह गरेका थिए । जिल्लाबाट कार्यकर्ताको ब्यापक दबाब परेको भन्दै जनसत्ताले गरेका घरजग्गा कारोवारलाई वैधानिकता दिन प्रधानमन्त्रीलाई प्रेसर दिएका अध्यक्ष प्रचण्डले अहिले भने आफुसँग परामर्श नै नगरि प्रधानमन्त्रीले त्यस्तो निर्णय गरेको कांग्रेस नेताहरुसँग बताउने गरेका छन् । केही दिनअघि रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा पनि प्रचण्डले कांग्रेस नेताहरुसँग एक्लै साउती गर्दै सरकार नै समस्याको कारक रहकाले त्यताधिर ध्यान दिन र जग्गासम्बन्धी निर्णयलाई चर्काउन सुझाव दिएका थिए ।
प्रचण्डलको यस्तो चाला देखेर कांग्रेस नेताहरु भने अचम्ममा परेका छन् । बाबुरामकै पालामा शान्ति प्रकृया सकिउन भन्ने चाहाना राखेको कांग्रेस त्यसपछि उनको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा रहेको छ ।
वैद्य पक्षसँगको मिलनसँगै प्रचण्डले सरकारका काममा समेत असहयोग गरिरहेको प्रधानमन्त्रीको टीमले अनुभव गरिरहेको छ । इन्धनको मूल्यबृद्धिको बिषयमा पनि प्रचण्डले दोहोरो भूमिका खेलिरहेको उनीहरुको बुझाई छ । इन्धनको मूल्यबृद्धिका लागि सैद्धान्तिक सहमति जनाएका प्रचण्डले क्रान्तिकारी अध्यक्ष हिमाल शर्मालाई उक्साएर आन्दोलन चर्काएको सरकारको बुझाई छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक