20120109

मनिषा र सम्राटको दाम्पत्य जीवन झण्डै डेढ वर्ष चलेपनि अब भने उनीहरु छिटै छुटि्टने पक्का, छिटै अदालती प्रक्रिया सुरु गर्ने !

नायिका मनिषा कोइराला र पति सम्राट दाहालवीचको सम्बन्ध बिग्रन थालेका हल्ला बिबाह गरेको केही समयपछि नै सार्वजनिक भएका हुन् । आफ्नै फेसबुकमार्फत हल्लालाई आधार दिने खालका अभिब्यक्ति सार्वजनिक गरेकी मनिषा कानुनीरुपमा अझैपनि सम्राट दाहालकी पत्नी हुन् । तर एक महिना भारत भ्रमणमा गएकी मनिषाले आफ्नै अपार्टमेन्टमा आयोजित साथीभाईवीचको पार्टीमा चाँडै सम्बन्ध बिच्छेद गर्न लागेको मनिषाले बताएकी छन् । अक्सर केही नयाँ कुरा सार्वजनिक गर्नुपरे साथीभाईको जमघट रोज्ने मनिषाले हालै यस्तो घोषणा गरेको टाइम्स अफ इन्डियाले छापेको छ । डेढ वर्षअघि आफुभन्दा ७ बर्ष कान्छा सम्राट दाहालसँग लगनगाँठो कसेकी मनिषाको बिहे भएको ६ महिनापछि नै मनिषाले फेसबुकमार्फत आफुले
सम्बन्धविच्छेद गर्न चाहेको बताएकी थिइन् । त्यसको केही समयपछि उनी फेसबुकमार्फत नै आक्रामक रुपमा प्रस्तुत हुँदै श्रीमान सम्राट आफ्नो सबैभन्दा खराब सत्रु भएको बताइन् । असमझदारीका बाबजुत मनिषा र सम्राटको दाम्पत्य जीवन झण्डै डेढ वर्ष चलेपनि अब भने उनीहरु छिटै छुटि्टने पक्का भएको समाचारमा उल्लेख छ । सम्बन्ध विच्छेदका लागि अब छिटै अदालती प्रक्रिया सुरु गर्ने मनिषाले बताएकी छिन् । मनिषा अब मुम्बइतिरै बस्ने सोँचमा छिन् । मुम्बइको आफ्नै निवासमा पुराना साथीहरुलाई बोलाएर पार्टी दिएकी मनिषाले फेरी बलिउडमा फर्किने इच्छा पनि जाहेर गरिन् । बलिउडमा फेरी फर्किन चाहेको अवसरमा मनिषाले पार्टी दिएकी हुन् वा श्रीमान सँग स

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक