20120119

कठै हाम्रो देश नेपालको शान्ती सुरक्षा ! : ५० वर्षीय यमप्रसाद तिमिल्सिनाको अपहरणपछि देउराली जंगलमा हत्या

दुई नेपालीलाई बीच बोटोमै भारतीय लुटेराहरुले बेहोस बनाएर लुटपाट गरे
सिन्धुपाल्चोक खाडीचौर बजारमा खसी बेचेर घर फर्कंदै गरेका मांखा-९ का एक ब्यक्तिको अज्ञात समूहले हत्या गरेको छ। घर नजिकको देउराली जंगलमा बिहीबार सबेरै शव भेटिएका ५० वर्षीय यमप्रसाद तिमिल्सिनाको अपहरणपछि हत्या गरिएको अनुमान प्रहरीले गरेको छ। घटनास्थल पुगेको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धानले बुधबार राति नै उनको अपहरणपछि हत्या भएको देखाएको छ। बुधबार बिहान खाडीचौरमा खरी बेचेर फर्केका उनी घर नआएपछि परिवारले खोजी गर्दा बिहीबार मिर्मिरेमै घरबाट आधा घण्टा दूरीको जंगलमा शव फेला पारेको हो। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय बाह्रविसेको टोली बिहान ६ बजेतिर देउराली जंगल पुगेको थियो। बाह्रविसेका इन्स्पेक्टर बालाजी रायमाझीका अनुसार मृतकको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ भने जुत्ताको तुना काटिएको छ। 'घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर भीरबाट खसाली दिए जस्तो देखिन्छ,' त्यहाँ पुगेको प्रहरी टोलीले बतायो। पोष्टमार्टमका लागि मृतकका शव
प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखिएको छ।
उता भारतमा कमाएर घर फर्कदै गरेका दुई नेपालीलाई बीच बोटोमै भारतीय लुटेराहरुले बेहोस बनाएर लुटपाट गरेका छन्। लुटिएका गुल्मीका रुप बहादुर राना र सुर्खेतका प्रकाश रेग्मीलाई बेहोस अवस्थामा नेपाल प्रहरीले भारतको सीमावर्ति रुपेडियाबाट बिहीबार उद्धार गरेको छ। सुर्खेत, राकम-२ का २० वर्षीय रेग्मीसग भएको ४० हजार भारु र दुई थान मोबाइल सेट लुटिएको छ। त्यस्तै, रानासँग भएको भारु २५ हजार भारतीय रुपैया लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उदयकुमार तामाङले बताए। भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेका राना र रेग्मीको होस खुलेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन्। भारतका विभिन्न स्थानमा रोजीरोटीका लागि कमाएर फर्कने नेपालीहरुलाई बीच बाटोमै लुट्ने क्रम बढिरहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक